शनिबार, बैशाख १५, २०८१

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरिय सयुक्त बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै

काठमाडौं भाद्र ४, नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको दुई दिने ५औं बैठक आजदेखि संघीय राजधानी काठमाडौमा शुरु हुँदैछ । प्रस्तुत बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा.सुव्रमण्यम जयशंकर आजै काठमाडौं आउँदैछन् । भारतमा नयाँ सरकार गठन भएपछि भारतीय विदेशमन्त्रीको यो पहिलो नेपाल भ्रमण हो ।

बैठक सम्बन्धी प्राप्त जानकारी अनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशङ्करले संयुक्त रुपमा अध्यक्षतामा हुने जनाउँदै मन्त्रालयले बैठकमा राजनीतिक, सुरक्षा र सीमा, आर्थिक सहयोग र भौतिक पूर्वाधार, व्यापार–पारवहन, ऊर्जा–जलस्रोत, संस्कृति–शिक्षासहितका मुख्य एजेन्डामाथि छलफल हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।