शनिबार, बैशाख १५, २०८१

आगामी मङ्गलबारदेखि मनसुनी गतिविधि पुनःसक्रिय हुने : मौसम पूर्वानुमान महाशाखा

काठमाडौ भाद्र १ , जल तथा मौसम पूर्वानुमान महाशाखाले  न्यूनचापीय रेखा जुलाइको मध्यतिर मात्र नेपालमा पूर्णरुपमा प्रवेश गरेको र त्यसपछि औसत स्थान तथा आसपासमा मात्रै कायम रहेकाले मनसुनी गतिविधि लगातर सक्रिय हुन नसकेको जनाउँदै आगामी मङ्गलबारदेखि मनसुनी गतिविधि पुनःसक्रिय हुने पूर्वानुमान गरेको छ ।

साथै महाशाखाका अनुसार आइतवार सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको र सोमवार पनि देशका धेरैजसो स्थानमा सामान्य बदली रही पूर्वी तथा मध्य भू–भागको एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै मङ्गलबार देशको धेरैजसो स्थानमा सामान्य बदली रही पूर्वी क्षेत्रका अधिकांश स्थानमा मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गदैँ देशको केही स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना रहेकाले सतर्कता अपाउन समेत आग्रह गरेको छ  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।