शुक्रबार, बैशाख १४, २०८१

मन्त्री मगरले भने- नकारात्मक सोचलाई सफा गर्नसकेमात्र समृद्ध नेपालको अभियान सार्थक हुन्छ

राम चन्द्र प्रजापति/भक्तपुर जेठ २२ , ४६ औँ विश्व वातावरण दिवसको अवसरमा आज भक्तपुरको सूर्यविनायकमा हनुमन्ते नदी सफाइ अभियानले आयोजना गरेको सरसफाइ, वृक्षरोपण तथा पार्क शिलान्यास कार्यक्रममा बोल्दै खानेपानीमन्त्री वीना मगरले विकृति र नकारात्मक सोचलाई सफा गर्नसके सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्न सकिने बताउनुभएको छ ।

त्यस्तै मन्त्री मगरले नेपाल सरकारले समेत सरसफाई सप्ताह गरिरहेको जानकारी गराउँदै समाज रुपान्तरणमा सरसफाईले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँनुभएको छ ।

त्यस्तै कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभा समदस्य महेश बस्नेतले आफ्नो घर र टोलमा अब फोहर गर्दिन भनेर सबैले प्रतिबद्धता व्यक्त गर्नुपर्ने धारणा अभिव्यक्त गर्दै हनुमन्ते करिडोर निर्माण सम्पन्न भएलगत्तै हनुमन्ते नदीलाई ढल मुक्त बनाइने बताउँनु भएको छ । साथै उहाँले सरसफाई, पार्क शिलान्यास तथा वृक्षारोपण कार्यक्रम अन्र्तगत सूर्यविनायकको पार्क करिव ३३ लाखको लागतमा शिलान्यास गरिएको जानकारी दिनु भएको छ । कार्यक्रममा प्रदेश नं ३ तीनका सांसद प्रतिमा श्रेष्ठ, जिल्ला समन्यव समितिका प्रमुख नवराज गेलाल, सर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । photo :विरेन चौलागाईं

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।