शनिबार, बैशाख १५, २०८१

मिडिया विधेयकमा संशोधन सहित प्रेसमैत्री बनाइने मन्त्री बाँस्कोटाको प्रतिवद्धता

पत्रकारितालाई नियमन गर्ने बाहनामा नियन्त्रण गर्ने रवैया स्वीकार्य नहुँने

काठमाडौ जेठ ९, सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसद्मा दर्ता भएको ‘मिडिया काउन्सिल विधेयक’ मा प्राप्त सुझाव अनुरुप प्रेस स्वतन्त्रता सङ्कुचन नहुने गरी प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।

आज मन्त्रालयलमा प्रेस सङ्गठन नेपालका संयोजक महेश्वर दाहालले बुझाएको ज्ञापनपत्र बुझदै मन्त्री बाँस्कोटाले सरकारले प्रेसको घाँटी निमोठ्ने भन्ने कल्पना पनि गर्न नसकिने तर देश वा लोकतन्त्रकै विरुद्ध लेखेमा वा हिंसालाई प्रोत्साहन गरेमा छुट दिन नसकिने बताउँनुभएको छ ।

त्यस्तै उहाँले पत्रकारिता क्षेत्रमा बहसको विषय भइरहेको उक्त विधेयक संसदीय प्रक्रियामा गइसकेकाले फिर्ता नहुने तर सरोकारमा आएका विषयमा   परिमार्जनको गरिने प्रतिबद्धता व्यक्त गर्दै ज्ञापनपत्रमा उल्लेख भएका माग एवम् सुझाव प्रति आफु सकाररात्मक रहेको समेत बताउँनु भएको छ ।

स्मरण रहोस विधेयकका कतिपय प्रावधानमा संविधानको मर्म विपरित भएको र प्रस्तुत विधेयकले प्रेस जगतलाए संकुचन गर्ने सरकारको तयारीप्रति असहमति जनाउँदै नेपाल पत्रकार महासङ्घले दोस्रो चरणको विरोध कार्यक्रम सञ्चालन गरिरहेका छन ।

यसैवीच विभिन्न सञ्चार माध्यममा कार्यरत २१ जना सम्पादहरुले आज एक संयुक्तविज्ञप्ति जारी गर्दै मिडिया काउन्सिल विधेयक संविधानको मर्म विपरीत भएको भन्दै फिर्ता लिन माग गरेका छन् । विज्ञप्तिमा संविधानको प्रस्तावनामानै सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता यो विधेयकले संकुचित गर्छ भन्ने सम्पादक वृतको निष्कर्ष रहेको  जिकिर गर्दै सरोकारवालाहरुसँग परामर्श नै नगरी ल्याइएको मिडिया काउन्सिल विधेयक फिर्ता गर्दै छलफल सहित व्यवस्थित बनाउन माग गर्दै पत्रकारितालाई नियमन गर्ने बाहनामा नियन्त्रण गर्ने रवैया स्वीकार्य नभएको उल्लेख गरिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।