शुक्रबार, बैशाख १४, २०८१

जागरण अभियानको शुरवाती चरणमानै काङ्ग्रेसमा नयाँ उर्जा सञ्चार : प्रवक्ता शर्मा

नेकपाका स्थानीय नेता जीतबहादुर रानासहित १६८ जना काँग्रेसमा प्रवेश

काठमाडौ बैशाख २७ ,  वैशाख २५ गतेबाट देशैभर शुरु भएको नेपाली काङ्ग्रेसले जागरण अभियान हिमाली जिल्लाहरूदेखि तराई–मधेशका जिल्लासम्म र सुगम शहरहरूदेखि दुर्गम ठाउँहरूसम्म नवीन स्वरुप सहित व्यवस्थित कार्यान्वयन भएको काँग्रेसले जनाएको छ ।
विहिवार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अभियानको क्रममा कतिपय जिल्लाले शुरुआतीमा अप्ठ्यारो अनुभूत गरेको पाइएपनि अधिकांश जिल्लामा ‘नवीन स्वरुपको, व्यवस्थित कार्यान्वयन’ भएको र जागरण अभियानको शुरवाती चरणमानै काङ्ग्रेसलाई ऊर्जा प्राप्त भएको बताउँनु भएको छ ।


त्यस्तै उहाँले कार्यक्रम स्वरूपको ठोस परिवर्तनले सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै कार्यक्रमको स्वरूप बारे कतिपय जिल्लामा साथीहरू बीच, केही ठाउँमा संचारकर्मीहरू एवं सामाजिक संजालका प्रयोगकर्ताहरू माझ पनि देखिएको केही अस्पष्टतालाई हामी क्रमशः प्रष्ट्याउँदै जाने बताउँदै दोस्रो दिनबाट अभियान क्षेत्र र गाउँ–नगर तहमा प्रविष्ट भएको जानकारी दिनु भएको भएको छ ।

उद्घाटन कार्यक्रमको अभिव्यक्ति मार्फत् ‘पार्टीलाई नवीन सन्दर्भमा नवीन ढंगले सुदृढ गर्दै, वर्तमान सरकार बने यताका समग्र बेथिति उपर खरो प्रहार गरेर अघि बढ्न’ पार्टी शीर्ष नेतृत्व एवं सम्पूर्ण केन्द्रीय प्रतिनिधिहरूबाट एउटै स्वर र भावना प्रकट भएको जानकारी दिदै प्रवक्ता शर्माले जागरण अभियानको समाचार सम्प्रेषण गरिरहनु भएका देशभरिका समस्त मिडियाकर्मीप्रति आभार प्रकट गर्दछौँ ।

यसैवीच नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले काङ्ग्रेस इच्छाकामना गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्दै पार्टीलाई सङ्गठित गर्दै आगामी निर्वाचनमा पहिलो शक्ति बनाउनका लागि जागरण अभियान शुरु गरिएको बताउनुभएको छ । त्यसक्रममा नेकपाका स्थानीय नेता जीतबहादुर रानासहित १६८ जना काँग्रेसमा प्रवेश गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।