शुक्रबार, बैशाख १४, २०८१

पार्टी हित विपरीतका अभिव्यक्ति नदिन केन्द्रीय अनुशासन समितिको निर्देशन

काठमाडौ बैशाख १६, नेपाली काङ्ग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको बैशाख २५बाट शुरु हुने हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानलाई अनुशासित बनाउन पार्टीका कुनै पनि नेता तथा कार्यकर्तालाई पार्टी हित विपरीत काम कारवाही एवं अभिव्यक्ति नदिन निर्देशन दिएको छ ।

समितिका संयोजक भीष्मराज आङदम्बेको सभापतित्वमा आइतवार बसेको बैठकले अभियानलाई मर्यादित, अनुशासित एवं व्यवस्थित बनाउने निर्णय गर्दै अभियानका क्रममा पार्टी हित विपरीत काम कारवाही एवं अभिव्यक्ति दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी गराउन सम्वद्ध सवैमा आग्रह गरेको छ ।  त्यस्तै समितिले नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घलाई स्थलगत अनुगमन तथा निरीक्षण गर्न आग्रह गर्ने निर्णय समेत गरेको छ ।

यसअघि गत वैशाख ११ गते देशभर एक साथ प्रारम्भ गर्ने भनिएको “हिमाल, पहाड, तराई–मधेश, राष्ट्रिय जागरण अभियान पार्र्टी पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको असामयिक र दुःखद निधनका कारण स्थगन गर्दै प्रथम चरण अन्तर्गतको एक महिने कार्यक्रम वैशाख २५ गतेदेखि ज्येष्ठ २५ गतेसम्म गर्ने भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।