शनिबार, बैशाख ८, २०८१

संसदको वर्षे अधिवेशन : सत्तारुढदल र प्रमुख प्रतिपक्षी दल आआफ्नै रणनितीमा,बैठकमा चर्काचर्कीको संभावना,

प्री बजेट छलफल नगरी नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी विरुद्ध काँग्रेस आक्रमक

काठमाडौं वैशाख १६ , राष्ट्रपति विद्यादेवी भण्डारीबाट आव्हान भए अनुरुप आज अपराह्न ४ बजे बस्ने संसदको वर्षे अधिवेशनका पूर्वसन्ध्यामा सत्तापक्ष र प्रतिपक्षबीचको रणनीति हेर्दा संसदमा विवाद हुने संभावनाले प्रशय पाउँन थालेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकमा प्री बजेट छलफल नगरी नीति तथा कार्यक्रम ल्याउने तयारी गरेसंगै यस्तो संभावनाले प्रशय पाउँन थालेको हो ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्री बजेट छलफल नगरी सरकारले जनप्रतिनिधि र संसद्लाई बाइपास गर्न खोजेको आरोप लगाउदै प्री बजेट छलफल नगरी नीति तथा कार्यक्रम ल्याउन नदिने निर्णय गर्नुको अलावा सरकार संसदीय मूल्य मान्यता विपरित अगाडी बढ्न खोजेको निष्कर्ष सहित प्री बजेटमाथिको छलफल पछि मात्र नीति तथा कार्यक्रम र अनिमात्र बजेट आउनुपर्ने कांग्रेस अडान प्रस्तुत गरेसंगै संसदमा काँग्रेसले विरोध गर्ने संकेत देखिएको हो । तर सत्तारुढ दल नेकपा भने आफ्नै योजना मुताविक पेलेरै भएपनि कडा रुपमा प्रस्तुत हुने रणनीतिमा रहेको बुझिएको छ ।

यसैवीच सोमबारदेखि शुरु हुने संसदको अधिवेशनको तयारी र कार्यसूची पत्रकारसँग कुराकानी गर्ने क्रममा सभामुख कृष्णबहादुर महराले सङ्घीय संसद्को चौथो अधिवेशनलाई उपलब्धिमूलक र ऐतिहासिक बनाउन रचनात्मक ढङ्गबाट सरकारको आलोचना गर्न अपील गर्नुभएको छ ।

त्यस्तै उहाँले आजको बैठकमा प्रमुख दलका नेताको मन्तव्यको सवालमा भने सोमबार बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गर्ने जानकारी दिदै आजको बैठकको कार्यसूची अन्र्तगत सोमबारकै दुवै सदनका वैठकमा २०६४ सालका संविधानसभाका सदस्य दिवाकर गोल्छा, २०४८ सालमा गुल्मीबाट निर्वाचित सासद रुद्रमणि शर्मा भण्डारी र २०४८ र ५६ सालको निर्वाचनमा रुपन्देहीबाट निर्वाचित रामकृष्ण ताम्राकारको निधनप्रति शोक प्रस्ताव संगै प्रस्तुत अधिवेशनका लागि दर्ता भएका चार र तेस्रो अधिवेशनकाक्रममा दर्ता भइ छलफलको क्रममा रहेको २१ गरी जम्मा २५ विधेयक माथि छलफल हुने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।