शुक्रबार, बैशाख १४, २०८१

नक्कल गरेर प्रचण्ड बन्छु भन्ने स्वप्न देख्दै गर्दा परिणाम दुर्भाग्यपूर्ण हुँने प्रचण्डको चेतावनी

जनयुद्धले जनवादी क्रान्ति पुरा गर्योः योगेश भट्टराई

काठमाडौं फागुन ३० , वाइसिएल नेपालले नेकपाको कार्यालय पेरिसडाँडामा आयोजना गरेको सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले विप्लव समुहलाई प्रचण्डको नक्कल गरेर प्रचण्ड नहुने भन्दै धाँकधम्की दिँदै आफ्नो अधिपत्य देखाउँछु भन्ने सपना नदेख्न चेतावनी समेत दिनुभएको छ ।

त्यस्तै अध्यक्ष प्रचण्डले कतिपयले प्रचण्डले यसो गरेर यस्तो भयो म पनि अब यसै गर्छु भन्दै हिडेको बताउँदै प्रचण्डले भने म पनि प्रचण्ड बन्छु भनेर हिडेको थिइन, जनताको काम गर्छु भनेर हिड्दा हिड्दै जनताले मलाइ प्रचण्ड बनाइदिए । साथै उहाँले भने प्रचण्ड बन्न सजिलो छैन प्रचण्डकै नक्कल गरे प्रचण्ड बन्छु भन्यो भने अवका दिनमा त्यो केवल भ्रम मात्र हुनेछ यसअर्थमा त्यस्तो भ्रम नपाल्न आग्रह गर्दै आत्मा रतिका लागि भ्रमको दुनियाँमा रमाउँने हो भने परिणाम दुर्भाग्यपूर्ण हुँने उहाँको जिकिर रहेको थियो ।

हिजोका दिनमा संगै सहकार्य गरेका मेरै सचिवालयमा समेत बसेकाले मलाई सफाया गर्नेका लागि षड्यन्त्र सहितको माइन्युट समेत गरेको मलाई सूचना प्राप्त भएको छ । तर ज्ञात रहोस त्यस्ता धम्की र षड्यन्त्रबाट आफू विचलित नहुने बताउँदै जनताको त्याग र बलिदानीबाट नै समाजवादको आधार तयार भएको बताउँदै समाजवादको यात्रामा अघि बढेको धारणा व्यक्त

सम्बोधनकै क्रममा उहाँले भने हिजोका दिनमा संगै सहकार्य गरेका मेरै सचिवालयमा समेत बसेकाले मलाई सफाया गर्नेका लागि षड्यन्त्र सहितको माइन्युट समेत गरेको मलाई सूचना प्राप्त भएको छ । तर ज्ञात रहोस त्यस्ता धम्की र षड्यन्त्रबाट आफू विचलित नहुने बताउँदै जनताको त्याग र बलिदानीबाट नै समाजवादको आधार तयार भएको बताउँदै समाजवादको यात्रामा अघि बढेको धारणा व्यक्त गर्नुभएको छ ।

त्यस्तैगरि सहिदलाई अभिनन्दन गर्दै प्रचण्डले भने, एउटै पार्टीको झण्डामूनि बसेर सहिद तथा वेपत्तालाई सम्मान व्यक्त गर्न पाउदा अत्यन्तै खुशी लागेको छ। आफुले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र झापाको सुखानी विद्रोहमा हत्या गरिएका सहिदप्रति सम्मान प्रकट गर्न एउटै पार्टीको झण्डाको प्रयोग हुन सक्नु नै क्रान्तिको उपलब्धि रहेको बताउँदै भावुक मुद्रामा सहिद तथा वेपत्ता परिवारको त्यागलाई नेकपाले उच्च मुल्याङकन गर्नेछ भन्दै यस्ता वीर सपुतलाई इतिहासले समेत सम्मान गर्नेमा आफु विश्वस्त रहेको जनाएका छन् ।

त्यस्तै सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै नेकपा नेता योगेश भट्टराईले दस वर्षे जनयुद्धले नेपालको जनवादी क्रान्ति पुरा गरेको दावी गरेका छन् । सहिद तथा वेपत्तालाई स्मरण गर्दै नेता भट्टराईले भने, पार्टी एकता र नेपालको कम्युनिष्ट आन्दोलन एकिकृत रुपमा नेपालको समस्या समाधान र विकासको बाटोमा लाग्न प्रेरित गर्ने समेत दाबी गरे ।  जनताको जनवादले सामाजिक विभेद हटाउन र समाजवादी कार्यदिशा तिर जान सहयोग गर्ने भन्दै केहि मान्छेहरु क्रान्तिको नाममा भ्रम छर्न लागेको भन्दै विप्लवलाई इंगित गर्दै अव यस्ता क्रान्तिको आवश्यकता नरहेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।