शनिबार, बैशाख १५, २०८१

५४ लाखसहित हुण्डी कारोवारीहरु पक्राउ

काठमाडौं भाद्र १८,   हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका तीन जना नेपाली र दुई जना भारतीय   नागरिकलाई नियन्त्रणमा लिइएका  अभियुक्त र बरामद रुपैयाँलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सालाइ उदृत गर्दै प्राप्त  समाचारमा  प्रहरीले  वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएको रु ५४ लाख ९६ हजार र हुण्डीको कारोवारमा संलग्न भएको अभियोगमा पक्राउ परेका ५ जना अभियुक्तलाई सार्वजनिक गरेको उल्लेख गरिएको  छ।

त्यस्तै प्रहरीले सार्वजनिक गरेका अभियुक्तहरुमा क्रमस  पर्साको बिन्दवासनी गाउँपालिका–५ निवासी पवनकुमार गुप्ता, वीरगञ्ज–६ निवासी अजय मानन्धर, बारा सिम्रौनगढ नगरपालिका–१ निवासी अजयकुमार जैशवाल, भारत विहार रक्सौल निवासी अशोक श्रीवास्तव र भारत विहार रामगढवा निवासी सावीर मियाँ रशेको उल्लेख गरिएको छ।

त्यस्तै बरामद गरिएको रुपैयाँ र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि आजै राजश्व अनुसन्धान विभाग काठमाडौं पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।