बिहिबार, बैशाख २७, २०८१

सामुहिक आँखादान राष्ट्रिय अभियानको शुभारम्भ गरिने

बिर्तामोड चैत ४ , अप्टीमिष्ट नेपाल अन्तर्गत अप्टीमिष्ट क्लव अफ झापाको आयोजनामा आगामी चैत २४ गतेबाट सामुहिक आँखा दान राष्ट्रिय अभियान झापाबाट शुरु गरिने भएको छ ।  आँखा जीवन हो भन्ने भनाईलाई आत्मसाथ गर्दै एक जनाको आँखाको नानी दानले दुईजना दृष्टिविहीनले उज्यालो संसार देख्न सकिने भएकोले झापामा पहिलोपटक उक्त कार्यक्रम ल्याइएको जानकारी दिदै अप्टीमिष्ट क्लव अफ झापाका अध्यक्ष खगेन्द्र ओलीले अभियानलाई सार्थक बनाउन सबैलाई आग्रह गर्नु भएको छ ।

मेची आँखा अस्पताल अनारमनीको प्राविधिक सहयोगमा मृत शरीरको आँखामात्र कसैका लागि उपयोगी हुनसक्ने भएको र आँखा दान जस्तो सार्थक दान अरु केही हुन नसक्ने भएको बताउँदै अध्यक्ष ओलीले मरणोपरान्त दान गरिएको उक्त आँखा दृष्टिविहीनलाई प्रत्यारोपण गरिने दिदै उक्त अभियान देशैभर सञ्चालन गरिने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा अभियानलाई सफल बनाउन विभिन्न उपसमितिहरु क्रमस संस्थाका उपाध्यक्ष निरज ढुंगेलको संयोजकत्वमा आर्थिक उपसमिति, मुकुन्द दाहालको संयोजकत्वमा आँखा दानको इच्छापत्र संकलन उपसमिति राम काफ्लेको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, दिपक मिश्रको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।