काठमाडौं साउन १३ , नेपाल प्रेस युनियनले खोजतलास दैनिकमा प्रकाशित भएका समाचारको आधारमा पत्रिकाका प्रधानसम्पादक राजु बस्नेतलाई प्रहरीले नियन्त्रणको घटना प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
युयिनका महासचिव अजयबाबु शिवाकोटीद्दारा आज जारी विज्ञप्तिमा ललितपुर महानगरपालिका वडा नम्वर २७ को हरिसिद्धी इटा टायल कारखानाको २५ रोपनी जग्गा भुमाफिया परिचालित गरि नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले विक्री वितरण गर्न मालपोत कार्यालयका कर्मचारीहरुलाई व्यापक दवाव दिएको समाचार खोजतलास दैनिकमा प्रकाशित भएपछि प्रधानसम्पादक बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिदै साइवर क्राइम अन्तर्गत मुद्दा चलाउने तयारी गरेको उल्लेख गरिएको छ ।
तयस्तै विज्ञप्तिमा सूचना विभागमा दर्ता भइ प्रेस काउन्सिलमा सुचिकृत भएका कुनै पनि समाचार संस्थालाई समाचार प्रकाशन र प्रसारण गरेकै आधारमा साइवर क्राइम मुद्दा लगाउन नपाउने मान्यता विरुद्ध केपी ओली नेतृत्वको सरकारका मन्त्री समेत रहेका नेकपा नेताहरुको दवावमा पत्रकार पक्राउ गर्ने कार्यको युयिनले भत्सर्ना गर्दै सरकार आफ्ना कमजोरी र भ्रष्टाचारका विषयहरु लुकाउन सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमणमा उत्रिएको जनाएको छ ।
त्यस्तै एक पछि अर्को गर्दै विभिन्न वहानामा वा विचार, सिद्धान्त र आस्था नमिलेकै आधारमा संचारकर्मी र संचारमाध्यममाथि सरकारले गरिरहेको दमन, विभेद र पक्राउजस्ता अत्यन्तै आपत्तिजनक घटनाको हामी कडा रुपमा प्रतिवाद गर्दछौं भन्दै प्रकाशित वा प्रशारित समाचारका बारेमा आफूलाई असहमति भए नेपाल प्रेस काउन्सिल मार्फत खण्डन प्रकाशित गर्ने वा अन्य कानुनी उपचार हुँदाहुँदै संचारकर्मीलाई पक्राउ गर्ने र साइबर क्राइमको मुद्दा चलाउनेजस्ता गैरजिम्मेवारीपूर्ण र आपत्तिजनक घटनाले सिंगो नेपाली प्रेस माथि वा प्रेस स्वतन्त्रतामाथिको नाङ्गो आक्रमण भएको नेपाल प्रेस युनियनको ठहर रहेको र यसर्थ, घटनाको सत्यतथ्य छानविन गरी पक्राउ परेका संचारकर्मी राजु बस्नेतलाई विना शर्त रिहाइ गर्न नेपाल प्रेस युनियन जोडदार माग गर्दछ भनिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
- चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा
- सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन
- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक
- गण्डकी प्रदेश सरकार विश्वासको मत प्रकरण : सभामुखको घोषणाविरुद्ध सर्वोच्चमा रिट दायर
- सट्टेवाजीमा संलग्न १३ जना भारतीय नागरिक पक्राउ
- रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
- गण्डकीका सभामुखको असंवैधानिक र सर्वसत्तावादी चरित्रको कांग्रेसले गर्यो घोर भर्त्सना
- आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता
- सवारी लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान