मङ्लबार, बैशाख ११, २०८१

आन्दोलन काँग्रेसको रहर होइन, सरकारको रवैया विरुद्ध हो : सभापति देउवा

काठमाडौं साउन १३,  डेमोक्र्याटिक लयर्स एशोसिएसनको चितवनको गैंँडाकोटमा जारी १० औं राष्ट्रिय महाधिवेशनलाई शनिवारसम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको अवको लडाइ भनेको फरक राजनीतिक विचारसँग भएकोले पार्टीभित्र यो वात्यो नभनी एक ढिक्का भएर अगाडी बढ्न आह्वान गर्नुभएको छ ।

त्यस्तै सम्बोधनकै क्रममा सभापति देउवाले भने पार्टीभित्र गुटउपगुट र अन्तरघातको समस्या वोक्दै अरु शक्ति संग लड्न सकस हुन्छ यसअर्थमा पनि हामीवीच विद्यमान यावत असमझदारीको अन्त्य हुन आवश्यक रहेको बताउँनु भएको छ । त्यस्तै सरकारलाई लोकतान्त्रिक बाटोबाट अगाडि बढ्न आग्रह गर्दै सभापति देउवाले भने आन्दोलन काँग्रेसको रहर होइन सरकारको प्रस्तुतिकरणका कारण हामीले फेरि पनि आन्दोलनको मार्ग अख्तियार गर्नु परेको बताउँनु भएको छ ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, सहमहमन्त्री डा प्रकाशशरण महत, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा रामशरण महत, रमेश लेखक, बारका पूर्व अध्यक्ष शेरबहादुर केसी लगायतले पार्टीभित्रको गुट उपगुट अन्त्य गरी पहिलो पार्टी बन्ने भन्दै यसका लागि सबैले आ–आफ्नो ठाउँबाट त्याग गर्नुपर्नेमा जोड दिनु भएको प्राप्त समाचारमा उल्ल्लेख गरिएको छ ।

  डेमोक्र्याटिक लयर्स एशोसिएसनको महाधिवेशनमा देशभरबाट एक हजार १३१ प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनले ४७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गर्ने छ ।

Publish on: Jul 29, 2018

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।