शुक्रबार, बैशाख १४, २०८१

शुक्रबार र शनिबार अपराह्नपछि हिमपात सहितको वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको भविष्यवाणी

http://www.mfd.gov.np/content/?id=398

 काठमाडौं वैशाख २७,   मौसम पूर्वानुमान महाशाखाले प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण र भ्रमणको क्रममा पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरको दर्शन गर्ने कार्यक्रम सार्वजनिकभएसंगै सो अवधिलाइ दृष्टिगत गर्दै मौसमी भविष्यवाणी गरेको छ ।   काठमाडौं, जनकपुर, मुस्ताङ मुक्तिनाथ र पोखराको चारदिने विशेष मौसमी अवस्थाको पूर्वानुमान महाशाखाले आज सार्वजनिक गरेको हो ।

 भविष्यवाणीको क्रममा महाशाखाले शुक्रबार र शनिबार अपराह्नपछि हिमपात र वर्षा हुनसक्ने जनाएको छ । भारतीय प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा भ्रमण हुने स्थलको मौसमी अवस्थाबारे परराष्ट्र मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीको आग्रहअनुसार मौसमी सूचना सार्वजनिक गरिएको महाशाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।