बुधबार, बैशाख २६, २०८१

युवा नृत्यांङ्गना स्वजनको “एकल नृत्य साँझ आषाढ ३ मा

एकल साँझमा कार्तिक नाचको केही अंश सहित भरतनाट्यम, कत्थक, साल्सा, आमा सहित विविध ८ विधामा पहिलो एकल नृत्य प्रस्तुत गरिने

ललितपुर जेठ २५, हरेक वर्ष कार्तिक महिनाभरि ललितपुरको मंगलबजारस्थित कार्तिक नाच डबलीमा प्रस्तुत गरिने ऐतिहासिक कार्तिक नाचमा आफ्नो पहिचान बनाइसकेका २७ वर्षे युवा नृत्यांङ्गना स्वजन रघुवंशीले आगामी २०७५ असार ३ गते राष्ट्रिय नाचघरको डबलीमा “एकल नृत्य साँझ २०७५” प्रस्तुत गर्ने भएको छ ।   नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखाद्वारा आयोजित पत्रकार सम्मेलनमा कार्तिक नाचको केही अंश सहित नृत्यको नमस्कार तथा आराधना, परम्परागत चर्या नृत्य, लोकनृत्य, भरतनाट्यम, कत्थक, साल्सा, आमा सहित विविध ८ विधामा पहिलो एकल नृत्य प्रस्तुत गर्ने जानकारी दिएको छ ।

संघले यसअघि चर्या नृत्य प्रतियोगिता २०७४, उद्घोषण तालिम, चर्या नृत्य कार्याशाला गोष्ठी, अन्तर्राष्ट्रिय नृत्य दिवश २०७५ साथै चर्या नृत्य गुरु पद्मराज बज्राचार्य (माईला गुरुजु) सम्मान कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।

ऐतिहासिक नाचलाई यसरी बेमौसममा प्रदर्शन गर्नु कत्तिको उचित भन्ने हाम्रो प्रश्नलाई कार्तिक नाच अरु कुनै महिनामा कुनै विशेष स्थानमा प्रदर्शन गर्नुको मुख्य उद्देश्य भनेको सांस्कृतिक धरोहरहरुलाई व्यवसायीकरण गर्ने हाम्रो सोच रहेको जसबाट नृत्यको प्रचार प्रसार र नृत्यांगनालाई आर्थिक उपार्जन हुने हाम्रो दृढ विश्वास रहेको छ जसको लागि सम्बन्धित निकायबाट स्वीकृति समेत प्राप्त भइसकेको कार्तिक नाच व्यवस्थापन समितिका सदस्य तथा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजय शर्मा राजोपाध्यायले बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु