बिहिबार, चैत्र १५, २०८०

प्रतिनिधिसभाको बैठक बस्दै, प्रतिनिधिसभा नियमावली मस्यौदा उपर छलफल हुने

 काठमाडौ जेठ २५, प्रतिनिधिसभाको आज बस्ने बैठकमा संसद नियमावली पेश गरिने भएको छ । संसद सचिवालका अनुसार आजको बैठकमा मुलत संघीय सांसद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको ‘प्रतिनिधि सभा नियमावली, २०७५’को मस्यौदा उपर दफावार छलफलका लागि पेश हुने कार्यसूची रहेको जनाएको छ ।

प्रस्तुत नियमावली मस्यौदाको सवालमा सत्तापरुढ दलका सांसदहरु निलम्बन तथा प्रतिपक्षीदल कांग्रेस र राजपाका सासंदको पूर्पक्षका लागि थुनामा राखिएका सांसदलाई अभियोग पुष्टि नभएसम्म निलम्बन गर्न नहुने अडानका कारण फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने नगर्ने विषयमा देखिएको मतान्तरका कारण नियमावली संसदमा पेश हुन सकेको थिएन । तर आजको बैठकमा तर आज पेश गरिने नियमावलीमा निलम्बन शब्द नराख्न सत्ता र विपक्षी दुबै सहमत भएसंगै तिनिधिसभा नियमावली मस्यौदा प्रस्तुत गर्ने तयारी भएको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।