बुधबार, बैशाख २६, २०८१

महासंघद्दारा पत्रकार मिश्रमाथि भएको दुव्र्यवहारको भत्र्सना

काठमाडौ जेठ ३,   नेपाल पत्रकार महासंघले राष्ट्रिय समाचार समितिका उपसमाचारदाता पूर्णप्रसाद मिश्रमाथि समाचार संकलनका क्रममा भएको दुव्र्यवहारको घटनाप्रति दुःख व्यक्त गरेको छ ।  पत्रकार मिश्रमाथि आज अपराह्न गोठाटारस्थित वाग्मती पुल नजिकै भइरहेको वाग्मती सौन्र्दयीकरणको तस्वीर लिने क्रममा निर्माणको तस्वीर खिंच्ने अनुमति कसले दियो भन्दै दुव्र्यवहार गरिएको थियो । आफूलाई कालिका कन्स्ट्रक्सनको मान्छे भन्दै पाँच सात जनाले उहाँको परिचयपत्र केहीबेर नियन्त्रणमा लिनाका साथै पत्रकार मिश्रको तस्वीर लिएर छाडेका थिए ।

जनतालाई सुसूचित गराउने कार्यमा जुटेका पत्रकारलाई पेशागत दुरुत्साहन गर्नु प्रेस स्वतन्त्रतामाथिको नियन्त्रण भएको ठहर गर्दै महासंघका महासंघका कार्यबाहक महासचिव प्रकाश   थापाले आज विज्ञप्ति मार्फत उक्त घटनाको सत्यतथ्य छानवीन गरी दोषीमाथि कारवाही र पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग माग गर्नुभएको छ । त्यसैगरी पत्रकार महासंघ रासस शाखाले पनि पत्रकार मिश्रमाथि भएको दुव्र्यवहारको भत्र्सना गर्दै दोषीमाथि कानूनी कारवाही गर्न सम्बन्धित पक्षसँग माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु