बुधबार, बैशाख २६, २०८१

बढ्दो रक्तभावको अवस्थालाइ सम्बोधन गर्न एक दिवसीय बृहत्त अन्तरक्रिया

 काठमाडौ जेठ ११ ,  नेपालमा रगतको अभाव भैरहेको अबस्थामा रक्तदानको क्षेत्रमा काम गर्दै आएका ५० भन्दा बढि संस्थाहरुको सहभागितामा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रक्त सञ्चार सेवा केन्द्र र गैर–आवासीय नेपाली संघ (एनआरएनए) को सहयोग तथा ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा उक्त एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

ब्लड डोनर्स एसोसिएसन नेपालका उपाध्यक्ष रमेशध्वज बस्नेतले नेपालमा पछिल्लो समय रगतको अभाव, चुनौती, बिरामीलाई सहज रुपमा रगत उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने वातावरण बनाउन आ–आफ्नो क्षेत्रबाट पहल गर्न आग्रह गरेका थिए ।
रक्त सञ्चार सेवा केन्द्र र ब्लोदानबीच भएको असमझदारीका कारण नेपालमा रगतको अभाव र बिरामीले दुःख पाउने वातावरण बनेको अवस्थामा आजको अन्तरक्रियाले नयाँ विश्वासको वातावरण बनाउने काम गरेको रक्त सञ्चार केन्द्रको निर्देशन डाक्टर मनिता राजकर्णिकारले विश्वास दिलाईन् ।  त्यस्तै उनले सरकारले दिएको नीति तथा निर्देशनका आधारमा अगाडि बढ्ने र सबैको साथ र सहयोगले नै रक्तदान अभियानले सार्थक पाउने धारणा समेत राखिन् ।

कार्यक्रममा एनआरएनएका प्रतिनिधि तथा रक्तदाता अभियन्ता अर्जुनप्रसाद मैनालीले नेपालमा रक्तदान अभियानको लागि रक्तसञ्चार सेवासँग मिलेर एनआरएनएले दुई करोड रुपैयाँ बराबरको सहयोग गर्न  तयराी भइरहेको जानकारी नेपालमा रक्तदान अभियानलाई जस्तोसुकै सहयोग गर्नपनि आफू तयार रहेको बताए ।   त्यस्तै कार्यक्रममा डब्लुएचओका प्रतिनिधि Dr. Azarina Barucha ले स्वस्थ व्यक्तिबाट स्वस्थ रगत बिरामीसम्म पुर्याउन रक्तदान गर्ने संघसंस्थाको महत्वपूर्ण भुमिका हुने हुँदा बिरामीको जीवन जोगाउन सबैलाई अनुरोध गर्दै यस अभियानमा प्रत्यक्ष रूपमा सहयोग गरिरहेको बताएकी छिन् । त्यस्तै ठाकुरदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममाकार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमला , ब्लोदानका महासचिव सानुबाबु प्रजापति, अन्र्तराष्ट्रिय नेप्लिज ब्लड डोनर्सका उपाध्यक्ष एभरेस्ट गौतम लगायतले बोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु