राष्ट्रिय एकतालाई खलल पु-याउन खोज्ने गतिविधिको घोर भत्र्सना सहित सरकार–सीके रावत सम्झौताको साझा व्याख्या गर्न काङ्ग्रेसको माग
काठमाडौ फागुन २९, सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतबीच भएको ११ बुँदे सहमतिको सवालमा दुवै पक्षबाट साझा व्याख्या गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले माग गरेको छ ।
काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज आयोजित पत्रकार सम्मेलनमा फागुन २४ मा सरकार र स्वतन्त्र मधेश गठबन्धनका बीच भएको सम्झौताको पहिलो वुँदाले पृथकतावादी बाटोमा हिंडेका व्यक्ति र समुहलाई मुलुकको अखण्डता स्वीकारेर मुलधारमा आउन सहमत गराएको सन्देश दिएको अवस्था आफैमा स्वागत योग्य भएपनि वुँदा नं २ ले वुँदा नं १ लाई खण्डित गर्दै गरेको मात्रै नभइ विखण्डनको आकांक्षालाई लोकतान्त्रिक विधिबाट हल खोज्ने गरी राज्यकै तर्फबाट बैधानिकता दिएकोमा काँग्रसको विमति रहेको बताउँदै यसको दुवै पक्षबाट साझा व्याख्या मुलुक समक्ष तत्काल प्रस्तुत गर्न समेत माग गर्नु भएको छ ।
त्यस्तै उहाँले “जनमतमा आधारित लोकतान्त्रिक विधि” को गहिरो नभई सामान्य व्याख्या पनि जनमत संग्रह भन्ने नै बुझिन्छ भन्दै यसमा सरकार षड्यन्त्रमा फसेको हो वा सरकार आफैं राष्ट्रघाती षड्यन्त्रमा सहभागी भएको हो त्यसको समेत साझा व्याख्या सार्वजनीक गर्ने भनेको छ ।
त्यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सीके राउतले जनमत संग्रह गर्न सरकार सहमत भएको भनेर वुँदा नं२ कै ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को व्याख्या गरेको पनि ५ दिन पुगिसक्दा र जनकपुरमा स्वतन्त्र मधेशको व्यानर सहित उनको उपस्थितिमा प्रदर्शन भएको तीन दिन वितिसक्दा सरकारले केवल सामान्य प्रतिक्रिया मात्रै जनाउनु र तत्काल अर्को छलफल आयोजना गरेर साझा मत निर्माण गर्न गम्भीर पहलकदमी नगर्नु आफैमा रहस्यमय भएको जनाउ दिदै तत्कालीन कांग्रेस नेतृत्वको सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा प्रस्तुत गर्दा वर्तमान प्रधानमन्त्री केपी ओलीले त्यसलाई राष्ट्रघातको संज्ञा दिनु भएको स्मरण गर्दै उहाँले “संविधान संशोधनको त्यो प्रस्ताव राष्ट्रघाती की जनमत संग्रहको यो सम्झौता राष्ट्रघाती भन्ने प्रश्न गर्नु भएको छ ।
साथै फागुन २४ को सम्झौताको परिमार्जन या साझा व्याख्या र त्यसप्रतिको व्यवहारिक इमान्दारिताबाट मात्रै मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई बल पुग्ने तथ्यमा नेपाली कांग्रेसको धारणा प्रष्ट भएको जिकिर गर्दै तराई–मधेशका आम नागरिकको भावना अखण्ड नेपाल र बलियो नेपाली राष्ट्रियता हो भन्ने तथ्य भन्दा पर गएर राष्ट्रिय एकतालाई खलल पु¥याउन खोज्ने गतिविधिको नेपाली कांग्रेस घोर भत्र्सना गरेको छ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान