शुक्रबार, बैशाख १४, २०८१

प्रहरी प्रमुखको दौड: नेपाल प्रहरी प्रमुखमा सर्वेन्द्र र सशस्त्र प्रहरी प्रमुखमा खनाल

  काठमाडौं चैत २५, नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले नेपाल प्रहरीका नया महानिरीक्षकमा कसलाइ नियुक्ति गर्छ भन्ने चर्चा अहिले सिङगो प्रहरी वृत मात्र नभएर आम जनमानसमा समेत बहसको विषय बनेको छ । वहालवाला प्रहरी प्रमुख प्रकाश अर्यालको पदावधि अब केहि दिनको लागि मात्र भएको अवस्था एकातर्फ र अर्कोतर्फ अझै नयाँ महानिरीक्षकको अझै टुंगो लाग्न नसकिरहेको अवस्थामा प्रस्तुत बहस आफैम स्वाभाविक मान्न सकिन्छ । स्मरण रहोस , नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठ यही चैत २८ मा नेतृत्वबाट विदा हुँदैछन् ।

यद्यपी प्रम ओली भारत भ्रमणबाट फर्किएलगत्तै नयाँ प्रहरी प्रमुखको नियुक्ति हुने बताइएको छ । नेपाल प्रहरीको प्रमुखमा रोलक्रमअनुसार डीआइजी सर्वेन्द्र खनाल एक नम्बरमा छन् भने एउटै ब्याजीका डीआइजी रमेश खरेल र पुष्कर कार्की रहेका   छन । यि डीआइजीत्रय आफैमा र कुशल नेतृत्व गर्दै आएका काविल प्रहरी अधिकृत मानिन्छन् ।

यसैवच सरकारले पछिल्लो पटक प्रहरी प्रमुख छनौटको विषयले निकै विवाद श्रीजना गरेका कारण ओली सरकार कुनैपनि किसिमको विवाद श्रीजना गर्ने मनस्थितीमा नरहेको दावी सहित प्रम ओली भारतको राजकिय भ्रमणमा जानु पूर्व बसेको मन्त्रीपरिषदको बैठकले विभिन्न मन्त्रालयमा गरेको सचिवको पजनीको निर्णय संगै प्रहरी प्रमुखको सवालमा पनि रोलक्रमअनुसार एक नम्बरमा रहेका डीआइजी सर्वेन्द्र खनाललाइ नियुक्ति गर्ने सवै नितिगत निर्णय गरिसेको जनाएको छ । समाचार उच्च स्रोतका अनुसार डीआइजी खनाललाइ प्रम तथा मपको कार्यालयका विशेष सूत्रको हवाला दिदै बधाइ समेत दिने काम प्रहरी संङगठन भित्र भइरहेको बताईएको छ । त्यस्तै सशस्त्र प्रहरी बलमा पनि एआइजीद्दय पुष्पराम केसी र शैलेन्द्र खनाल मध्ये खनालको पक्षमा निर्णय भइसकेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।