शुक्रबार, चैत्र १६, २०८०

नेपाल र भारतबीच जल,रेल र कृषि क्षेत्रका लागि महत्वपूर्ण सहमति भएको प्रम ओलीको जनाउ

काठमाडौं चैत २५, प्रधानमन्त्री केपी ओली भारतको तीनदिने राजकीय भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्किएका छन ।

स्वदेश फर्किएका प्रम ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासाको सम्बोधन गर्दै  भैमणको क्रममा समकक्षी प्रम मोदीवीच दुईपक्षीय सम्बन्धका सबै विषयमा खुलस्त र सकारात्मक छलफल भएको जनाउ दिदै नेपाल र भारतबीच जलमार्ग, रेलमार्ग र कृषि क्षेत्रमा केही महत्वपूर्ण सहमति भएको जानकारी दिनु भएको छ ।

भारत भ्रमण रहँदा प्रधानमन्त्री ओलीले  समकक्षी  प्रम मोदी  भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बैंकैया नायडू लगायत मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेतासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।