शुक्रबार, बैशाख १४, २०८१

पूर्व मन्त्री ढकाललाइ स्टॉकहोम पिस अवार्ड

 काठमाडौं असार १७ , नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व शान्ति तथा पुनर्निर्माणमन्त्री एकनाथ ढकाल स्वीडनको राजधानी स्टॉकहोममा आयोजित एक विशेष कार्यक्रमका वीच स्टॉकहोम पिस अवार्डबाट सम्मानित हुनु भएको छ ।   स्टॉकहोम पिस अवार्ड समितिद्वारा स्टॉकहोम स्थित नोबेलशान्ति पुरस्कार प्रदान गरिने सिटी हलमा आयोजित भब्य तथा सव्य कार्यक्रमकावीच स्वीडनकोलागि थाई महामहिम राजदुत सॊन्थोर्न चैयीन्दीपुमले पूर्वमन्त्री ढकालसहित सहित विश्वभरिका दश जना सामाजिक अगुवाहरुलाई उक्त सम्मान प्रदान गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

सम्मान कार्यक्रमपछि कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री ढकालले वर्तमान विश्वका अनगिन्ति चुनैतिहरुको सामना गर्न एक्लै नसकिने भन्दै शान्तिका पक्षधरहरु एक हुनु पर्ने धारणा अभिव्यक्त  गर्दै  त्यस्तै सम्बोधनको क्रममा उहाँले गौतम बुद्ध र सगरमाथाको देश नेपालबाट विश्वको लागि शान्तिको सन्देस प्रवाह गर्नु आफ्नो नैतिक दायित्व भएको जनाउ दिदै २५०० बर्ष अघिको गौतम बुद्धको संदेश आज पनि त्यतिकै सान्दर्भिक रहेको बताउँदै नेपालको सफल शान्ति प्रकृयाको बारेमा  समेत अभिव्यक्ति दिनुभएको थियो । इन्टरनेशनल एशोशिएसन अफ पार्लियामेन्टरियन फर पिस ९आइएपिपि० एशिया प्रशान्त क्षेत्रको अध्यक्ष समेत रहेका ढकाल अन्तराष्ट्रिय स्तरमा चर्चित थोरै नेपालीहरु मध्ये एक हुनुहन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।