शुक्रबार, बैशाख १४, २०८१

नेपाल प्रहरीले ३ दिनसम्म निःशुल्क बस सेवा सन्चालन गर्ने

 काठमाडौं असोज २९, नेपाल प्रहरीले वडा दसैंका अवसरमा काठमाडौं उपत्यकाका बिहान ११ देखि अपराह्न ४ बजेसम्म निःशुल्क बस सेवा सन्चालन गर्ने भएको छ । नागरिकको सहजताका भन्दै नेपाल प्रहरीले असोज ३१, आगामी कात्तिक १ र २ गते निःशुल्क बस सेवा सन्चालन गर्न लागिएको जारी विज्ञप्त्मिा उल्लेख गरिएको छ ।

जारी विज्ञप्तिमा उल्लेख भएअनुसार प्रहरी प्रधान कार्यालय नक्साललाई केन्द्रबिन्दु बनाएर उपत्यकाका तीन रुट क्रमस नक्साल–पुतलीसडक–माइतीघर–कुपन्डोल–पुल्चोक–जावलाखेल–एकान्तकुना–बल्खु–कलंकी–कालीमाटी–त्रिपुरेश्वर–सहिदगेट–रत्नपार्क दरबारमार्ग हुँदै नक्सालसम्म सेवा दिने प्रहरीले जनाएको छ ।त्यस्तै,नक्साल–मैतिदेवी–गौशाला–कोटेश्वर–तीनकुने–बबरमहल–माइतीघर–त्रिपुरेश्वर–सहिदगेट–लैनचौर–लाजिम्पाट ,नारायणगोपालचोक–बालुवाटार हुँदै पुनः नक्सालसम्म त्यस्तै नक्साल–जयनेपाल हल–लैनचौर–सोह्रखुट्टे–नयाँबजार–बालाजुचोक–नयाँ बसपार्क–तिलिंगेटार–नारायणगोपाल चोक–सुकेधारा चोक–चाबहिल–गौशाला–रातोपुल हुँदै पुनः नक्सालसम्म बस सन्चालि�� हुनेछन् ।
प्रहरीको बसले निःशुल्क बसहरु बिहान ११ देखि अपराह्न ४ बजेसम्म सन्चालन हुने प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।