शनिबार, बैशाख १५, २०८१

चालक दलका सदस्यसहित ७१ जना  यात्रु सवार यूएस बंगलाको  विमान दुर्घटना , १४ जनाको उद्धार,मृतकको सख्या निकै

काठमाडौ फागुन २८,   त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा युनाइटेड वंगलादेश एयरलाइन्सको  विमानमा चालक दलका सदस्यसहित ७१ जना  यात्रु सवार विमान दुर्घटना भएको छ । ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो। दुर्घटनामा घाइते यात्रुलाई अस्पताल ल्याउने कार्यक्रम भइरहेको छ। बम्बार्डियरको ड्यास ८ क्यू ४०० जहाजमा आगलागी भएको बताईएको छ ।

विमानमा रहेका १४ जनाको उद्धार गरिएको बताइएको छ भने  मृतकको सख्या निकै भएको आशंका विमानमा लागेको आगो नियन्त्रणमा दिने प्रयास जारी  रहेको बताईएको छ । दुर्घटनाग्रस्त विमानबाट २० जनाको शब निकालिसकिएको विमानस्थल निकट उच्च स्रोतले दाबी गरेको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएपछि विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । अहिले उडान र अवतरण सबै उडानहरु रोकिएका छन् ।

विमानस्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकाय उद्दारका लागि सक्रिय रहेका छन ।  त्रिभुवन विमानस्थलमा भएको हवाई दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिभिल, नर्भिक लगायतका अस्पतालमा घाइतेहरु पुर्‍याइएको छ।