शनिबार, बैशाख १५, २०८१

तामाङको हत्या अभियोगमा थापा पक्राउ

काठमाडौ माघ १६,  नेपाल प्रहरी राजधानीको वडा न २५स्थित मछिन्द्रबहालमा सोमबार अज्ञात व्यक्तिको आक्रमणका कारण मृत्यु भएका तुलबहादुर तामाङको आक्रमणकारी भएको आशंका र अभियोगमा एक व्यक्ति पक्राउ गरेका छन ।

प्रहरीका अनुसार इस्टुवेट सेक्युरिटी कम्पनीमा गार्डका रूपमा कार्यरत तामाङ घाइते अवस्थामा लडिरहेको अवस्थामा सोमबार बिहान १ बजे महानगरीय प्रहरी वृत्त जनसेवाले फेला पारी उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाएको छ ।

त्यस्तै प्रस्तुत घटनाको सवालमा महानगरीय अपराध महाशाखाको टोली र प्रहरी वृत्त जनसेवासमेतको संयुक्त टोलीले अनुसन्धानका क्रममा राजनको संलग्नता देखिएपछि राजन थापालार्इ प्रहरीले सोमवार  बाङगेमुढाबाट पक्राउ गरेको जनाएको छ । प्रहरीबाट प्राप्त घटना विवरण अनुसार सेक्युरिटी गार्डको रुपमा काम गर्ने क्रममा दुवैजनाबीच वादविवाद हुँदा राजनले तुलबहादुरलाई इँटाले टाउकोमा पटक–पटक प्रहार गरी भागेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।