शुक्रबार, बैशाख १४, २०८१

तङ्ग–इल मो–दो संघको अध्यक्षमा पौडेल, महासचिव गिरी

 ‘खेल जस्तै स्वछ हुनुपर्छ राजनिति’

 काठमाडौं असार १७,  राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध भएर लोकप्रिय बन्दै गएको मार्सल आर्टस् सम्बन्धी खेल तङ्ग–इल मो–दो संघ नेपालको दास्रो राष्ट्रिय महाधिबेसन सम्पन्न भएको छ । शनिबार भएको अधिबेसनको उद्घाटन राष्ट्रिय सभाका सांसद राम नारायण बिडारीले गर्नु भएको थियो
उद्घाटनसत्रलाइ सम्बोधन गर्दै सांसद बिडारीले तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउँदै नेपालमा यसले छुट्टै पहिचान बनाएकोमा गर्व गरे । उनले भने, ‘अहिलेको राजनीतिक फोहरी भएको भन्दै खेल जस्तै स्वच्छ राजनीति भए देशमा छोटो समयमानै नै बिकास संमृद्धि हासिल गर्ने बताए । खेलको माध्यबाट भातृत्वको विकास गरिने तथा समाजमा शान्ति स्थापनामा पनि महत्वपूर्ण योगदान रहने हुँदा यसको विकासमा सबै लाग्नुपर्नेमा जोड दिदै खेलसम्बन्धी निति निर्माणमा पहल गर्ने बताए ।  सांसद बिडारीले अरूलाई सम्मान गर्न सके मात्र आफूले सम्मान पाउने बताउँदै गर्दै अब सानो चित्त र मानसिकता तोडेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले एक्काईसौं शताब्दीमा खेलकुदको माध्यमबाट मात्र शान्ति स्थापनामा गर्न सकिने बताउदै हरेक विद्यालयमा खेलकुदले शिक्षक नै राखेर खेलकुद क्षेत्रको बिकासमा लाग्नु पर्ने बताए । उनले विश्वमा राष्ट्रको पहिचान स्थापीत गराउन खेलकुदको महत्वपूर्ण भूमिका रहेकोे बताए ।

पूर्व सांसद मिलन कुमारी राजबंशीले तङ्ग ईल मोदो खेलका संस्थापक विश्वप्रसिद्ध शान्तिवादी नेता सन् म्योङ्ग मुनले खेलकुदको माध्यमबाट विश्वभरी शान्ति स्थापना गर्ने उद्देश्यले शरु भएको जानकारी आफुले पाएको भन्दै खेल क्षेत्रले राष्ट्रको नाम बिश्वमा चिनाउन भहत्वपूर्ण भूमिका खेलेको बताईन् । तङ्ग ईल मोदोका खेलाडीहरु नेपालमा मात्र नभै विश्वभरी नै अनुशासित भएर आफ्नो पहिचान उच्च राख्न सफल भएको बताउँदै नेपाल सरकारले पनि खेलकुद मैत्रीब् वाताबरण निर्माणमा लाग्नुपर्नेमा जोड दिईन् ।

राष्ट्रिय खेलकुद परिषदका खेलकुद बिभाग प्रमुख कुल बहादुर थापाले खेलकुद हाम्रो जीवनको अनुशासन, स्वास्थ्य र राष्ट्रको गौरवकोे लागि महत्वपुर्ण रहेको बताए । खेलाडीहरू देशका गहना र शक्ति रहेको बताउँदैे थापाले राष्ट्रिय खेलकुद परिषदमा आवद्ध भएका खेल संघहरु मध्ये तइ इल मोदो को छुटै पहिचान भएको बताए ।

कार्यक्रमा बल्र्ड कार्प नेपालका अध्यक्ष रुपशिह भण्डारीले नेपालमा हजारौ विद्यार्थीहरुले तङ्ग ईल मोदालाई रुचाएका बताउँदै विश्वमा शान्ति स्थापना गर्न शुरुवात आफैबाट गर्नुपर्नेमा जोड दिए । उनले मन शरिर बीचको एकताले मात्र सम्भव भएजस्तै तङ्ग ईल मोदो खेलमा साँचो प्रेम,संस्कृति, अनुशासित र संयम भै शान्ति स्थापनामा गर्न सिकाउने बताए ।   समारोहमा तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलले खेलको माध्यमबाट युवावर्गमा नैतिक शिक्षा दिन सकिने र यसका लागि तङ्ग–इल मो–दो सफल हुँदै गएको बताए । यो खेलको माध्यबाट शान्ति स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउन र नैतिकवान् बनाउन संघ लागेको बताए । उद्धाटनको अवसरमा तङ्ग–इल मो–दो संघका खेलाडिहरुले खेल कौशल्य पनि प्रस्तुत गरेका थिए । महाधिबेसनमा राष्ट्रिय खेलकुद परिषदबाट खेलकुद बिकास बिभाग प्रमुख कुलबहादुथापा, धन शाही, एकनाथ मगर, राधा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । महाधिबेसन देशभरका १७ जिल्लाबाट ५४ जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
अध्यक्षमा पौडेल महासचिव गिरी
सै बीच तङ्ग–इल मो–दो संघ नेपालको शनिबार नै भएको नेतृत्व चयनमा पुःन सन्तोष कुमार पौडेलको अध्यक्षतामा १७ सदस्सीय नेतृत्व निबिरोध निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा ईश्वर भट्ट र प्रकाश श्रेष्ठ, महासचिवमा बिष्णु गिरी निश्चल, सचिवमा रबि पराजुली, कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठ, सदस्यहरुमा ढुण्डीराम खनाल, लिलानाथ धिमिरे, दिपक बास्तोला, सूनिता चौधरी, सरिता पौडेल, दिपा पुरी, अशोक कुमार चौधरी, हेमराज अधिकारी, राजेन्द्र मुर्तिपन्त, केशव श्रेष्ठ र ज्ञानेन्द्र श्रेष्ठलाई चयन गरेको छ । निर्बाचित अध्यक्ष लगायत पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषदका खेलकुद बिभाग प्रमुख कुलबहादुर थापाले प्रमाण पत्र बितरण गर्नुका साथै सफत खुवाएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।