शुक्रबार, बैशाख २१, २०८१

विश्वकप प्रि क्वाटरफाइनल :अर्जेन्टिना र पोर्चुगललाइ पराजित गर्दै फ्रान्स र उरुग्वे अन्तिम आठमा 

  •  अर्जेन्टिनी खेलाडी हेभियर मास्चेरानोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा 
  •  आज स्पेन र रुस त्यस्तै क्रोएसिया र डेनमार्कवीचको खेल हुने

काठमाडौं असार १७,  विश्वकप फुटवल अन्र्तगत शनिवार भएको अन्तिम १६को खेलमा अर्जेन्टिना फ्रान्ससँग पराजितगरेसंगै सन् १९९८ को विश्व विजेता फ्रान्सले क्वाटरफाइनलमा स्थान पक्का गर्दा दुई पटकको विश्वकप च्याम्पियन अर्जेन्टिना घर फर्किएको छ । अर्जेन्टिनालाई ४-३ ले हराउँदै फ्रान्सले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

यसैवीच अर्जेन्टिना फ्रान्ससँग पराजितगरेसंगै ३४ वर्षीय खेलाडीले अर्जेन्टिनी खेलाडी हेभियर मास्चेरानोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।  त्यस्तै शनिवार राती भएको खेलमा उरुग्वेसंग पोर्चुगल २-१गोलअन्तरमा ले पराजित गरेका छन । अव उरुग्वेले फ्रान्स विरुद्ध आगामी शुक्रबार नेपाली समय अनुसार बेलुकी पौने ८ हुने क्वाटरफाईनल खेल खेल्नेछन ।

 त्यस्तै आज विश्वकप फुटबलको दोस्रो दिनको प्रि क्वाटरफाइनल खेल अन्र्तगत स्पेन र रुस त्यस्तै क्रोएसिया र डेनमार्कवीचको खेल हुने भएको छ ।   नेपाली समय अनुसार वेलुकी पौने ८ वजे स्पेन र रुसको खेलमा घरेलु मैदानको भरपुर फाइदा रुसले स्पेन विरुद्ध उठाउने आंकल गर्दैगर्दा यसअघि रुसले समुह चरणमा साउदी अरेबिया र ईजिप्टलाई हराउँदा उरुग्वेसँग पराजित भएको  थियो ।

  त्यसैगरि राति पौने १२ वजे क्रोएसिया डेनमार्कवीचको खेलपनि निकै रोमाञ्च्क हुो आंकल गरिएको छ । क्रोएसियाले समुह चरणमा अर्जेन्टिनालाई ३९० ले हराएको थियो भने डेनमार्कले पेरुलाई १९० ले हराउँदा अष्ट्रेलिया र फ्रान्ससँग बराबरी खेलेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।