शुक्रबार, बैशाख १४, २०८१

जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादी एकता हुन सक्दैन : अध्यक्ष प्रचण्ड

 काठमाडौ वैशाख २४,   नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादी एकता हुन नसक्ने र नेकपा एमालेसँग समानताका आधारमा मात्र पार्टी एकता हुने बताएका छन् । 

वाइसीएल नेपाल केन्द्रीय स्कुलिङ बिभागद्दारा आयोजित को समसामयिक परिस्थितिमा युबाहरुको भुमिका बिषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्दै विचार र राजनीति छाडेर एकता कुनै हालतमा हुँदैन् यसमा निश्चिन्त हुन आग्रह गर्दै उहाँले मानिस बुढो भएपनि विचार बुढो नहुँने र आफ्नो विचार युवासँग मिल्ने जिकिर समेत गर्नुभएको छ ।

 साथै उहाँले पार्टीले सरकारमा पनि त्यसलाई ध्यान दिइएको र अन्य स्थानमा पनि उचित जिम्मेवारी दिइने स्पस्ट पार्दै सहिद, बेपत्ता र घाइतेको उचित व्यवस्थापन गरिने दृढता पनि व्यक्त गरे ।

कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ , माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत रहेका गृहमन्त्री रामबहादुर थापा लगायतले राज्यका हरेक क्षेत्रमा रहेको एकाधिकार अन्त्यको अभियानमा साथ दिन युवालाई आग्रह गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।