शुक्रबार, बैशाख १४, २०८१

केन्द्रीय सरकारको केन्द्रीकृत सत्तालिप्साका कारण सङ्घीयता कार्यान्वयन सङ्कटमा :नेता खाँण

धनुषा कार्तिक२२ ,काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख सचेतक बालकृष्ण खाँणले केन्द्रीय सरकाले मुलुक प्रदेश सरकारलाई अख्तियारी नदिएकै कारण मुलुक संघीय प्रारुपमा रुपान्तरण भएको अल्पलकालीन अवधीमानै सङ्घीयता कार्यान्वयन पक्षमा सङ्कट देखा परेको बताउनुभएको छ ।

प्राप्त समाचारमा उल्लेख भएअनुसार पूर्व रक्षामन्त्री समेत रहेका नेता खाँणले प्रदेश न २ अन्र्तगत जनकपुरमा पत्रकारसँग कुरा गर्दै शान्ति सुरक्षा  देखि नागरिकको आधारभूत आवश्यक्ता पूरा गर्नसमेत सरकार असफल भएको जनाउ दिदै पछिल्लो समय मुलुकमा बढ्दो हत्या हिंसा र दण्डहिनताको कारण अपराधीहरुको मनोबल बढेको समेत बताउँनु भएको छ ।

यद्यपी केन्द्रीय सरका भने दुइतिहाइ बहुमतको खोक्रो आदम्बरमा रमाउँदै  केन्द्रीकृत सत्तामोहमा रुमलिएका कारण एकातर्फ ङ्घीयता कार्यान्वयन सङ्कटान पर्दै गएको छ भने अर्को तर्फ संविधान संशोधनको विषय वस्तु सेत ओझेलमा परेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।