शनिबार, बैशाख १५, २०८१

काँग्रेस संसदीय दलको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन,उम्मेदवारको लागि दरखास्त आव्हान

काठमाडौ फागुन २० नेपाली काँग्रेसको सोमवार हने संसदीय दलको नेता चयनको लागि हुने निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन गरिएको छ ।  प्रतिनिधिसभामा कुल २७५ सदस्यीय रहेको काँग्रेसको संसदीय दलको नेताको उम्मेदवारका लागि

आज अपराह्न ६ बजेदेखि साँझ ७ः३० बजेसम्म दरखास्त खुलाईएको छ । पछिल्लो घटनाक्रम अनुसार दलको नेताका लागि सभापति देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी निर्धारित समयभित्र  दर्ता हुने देखिएको छ ।

त्यस्तै सोमबार बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालयमा मतदान र मतदान समाप्त भएलगत्तै मतगणना शुरु गरि निर्वाचित दलको नेताको घोषणा गरिने निर्वाचन समितिले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।