शनिबार, बैशाख १५, २०८१

ईश्वरीको उपचारको लागि गायक कार्कीद्दारा सहयोगको आव्हान

 काठमाडौं साउन २०,  नेपाली सांगेतिक क्षेत्रका एक नक्षत्र सदाबहार चर्चित गायक आनन्द कार्कीको धर्मपत्नी ईश्वरी कार्कीको दुवै मिर्गौलाले काम गर्न नसकेर मिर्गौला पिडित भई उपचार गर्ने क्रममा किड्नी डाइलसिस पद्दतिमा हुनुहुन्छ ।  दुइदशक देखि सांगीतिक क्षेत्रमा अहोरात्र लागि परेर नेपाली सांगेतिक क्षेत्रलाइ यहा सम्म पुर्याउन गायक कार्कि र उहाको धर्मपत्नी योगदान  आफैमा महत्वपूर्ण रहेको छ ।

 गायक आनन्दको श्रीमती ईश्वरीको उपचार गर्ने क्रममा मृगौला प्रत्यारोपण गर्न��पर्ने र त्यसको लागि आर्थिक भार ज्यादै रहेको जनाउँदै देश बिदेशमा रहनु भएका सागीतिककर्मी लगायत समाजसेवी तथा सम्पूर्ण नेपालीलाइ  आर्थिक सहयोग संकलन गरि सहयोग गर्न हार्दिक अपिल गरिएको छ ।
मानब धर्मलाई आत्मासाथ गर्दै सम्पूर्ण मनकारी मन, समाजसेवीहरुमा सहयोगको अपेक्षा सहित आफुले सकेको सहयोग गर्नका  लागि    गायक कार्कीको तर्फबाट अभियन्ता सुर्य चन्दले उहाको जिबनरक्षाको लागि पहल गर्दै सम्पूर्ण सहयोगीमनहरु समक्ष हार्दिक अपिल  गर्दै   सहयोगका लागि नेपाल ईन्भेस्टमेन्ट बैँक दरबारमार्गको खाता नं : ०१०५०१००५४९६७ रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।