शनिबार, बैशाख १५, २०८१

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा राजधानीमा पदयात्रा

काठमाडौ फागुन २४,  आर्थिक सशक्तीकरण सहितको सामाजिक जागरण ः ग्रामीण तथा शहरी महिलाको जीवनस्तरमा रुपान्तरण’ भन्ने मुल नारा सहित १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज राजधानीमा पदयात्रा गरिएको छ । यो दिवस प्रत्येक वर्ष ८ मार्चमा विश्वभर मनाइन्छ ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, रक्षा नेपाल लगायतका संघसंस्थाद्वारा आयोजित भृकुटीमण्डपबाट शुरु भएको पदयात्रा भद्रकाली मन्दिर, शहीद ढोका, नयाँ बाटो हुँदै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको हो । ¥यालीमा सहभागीले ‘महिला हिंसा अन्त्य गरौँ’, ‘मानव बेचबिखनरहित समाज निर्माण गरौँ’ र ‘घर शान्ति नै विश्व शान्तिको आधार’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

कोणसभामालाइ सम्बोधन गर्दै बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले महिला हिंसा अन्त्यका लागि महिला एकजुट हुनुपर्नेमा जोडदिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।