शनिबार, बैशाख १५, २०८१

अध्यक्ष श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जलीसभा

विष्णु विष्ट, काठमाडौं बैशाख २९ , हनुमानढोका दरवार क्षेत्र संरक्षण तथा ब्यबस्थापन महासमिति तथा स्थानीय गंगा क्लबका अध्यक्ष दिगम्बर श्रेष्ठको निधन भएको १३ औ दिनको पुण्यतिथीको अवसरमा आज शिवपार्वती मन्दिरमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ ।

दरवार क्षेत्र संरक्षण तथा ब्यबस्थापन महासमितिका संरक्षक मनोज नेवा खड्गीले मृदभाषी एवम मिलनशार समाजेवी श्रेष्ठको निधनका कारण स्थानीय विकास परिपथ समेत प्रभावित भएको बताउँदै श्रेष्ठको निधनको यस दु:खद पलमा मृतआत्माको चिरशान्तिको कामना सहित शोकाकुल परिवारजनमा धर्यधारण गर्नसक्ने शक्ति इश्वरले प्रदान गरून भन्ने कामना गर्नु भएको छ ।

स्व:अध्यक्ष श्रेष्ठप्रति स्थानीय संघसंस्थाका प्रतिनिधी त्यस्तैगरि उहाँका समकक्षी, साथीभाइ,स्थानीय भद्रजन लगायतले  मौनधारण सहित श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।