मङ्लबार, बैशाख २५, २०८१

महानगरले सिसिटिभि क्यामरा जडानका लागि प्रहरीलाइ थप २ करोड ८१ लाख दिने

काठमाडौं जेठ १२ , काठमाडौं महानगरको आइतबार बसेको ३३ औं नगर कार्यपालिका बैठकले प्रहरीसँगको साझेदारितामा सहरमा राखिने सिसिटिभि क्यामरा जडान गर्न थप २ करोड ८१ लाख उपलब्ध गराउने निर्णय गरेको छ । स्मरण रहोस अघि यही प्रस्तुत कार्यक्रमका लागि ३ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ ।

त्यस्तै बैठकले पाकिस्तानको इस्लामावाद नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न प्रस्ताव अनुमोदन गर्नुको अलावा महानगर प्रमुख विद्यासुन्दर शाक्यले महानगरको सन्तुलित र योजनावद्ध बिकासका लागि आगामी नगर सभामा प्रस्तुत हुने प्रस्ताव वडा समितिबाट अनुमोदन गरेर समयमा नै पठाउन आग्रह गर्नु भएको थियो ।

त्यस्तै चैत २४ गते सम्पन्न महानगरको चौथो नगर सभाले स्वीकृत गरेको काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ अन्र्तगत काठमाडौं महानगरको सहरी योजना आयोगमा सरोज बस्नेतलाइ उपाध्यक्ष नियुक्त गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930