बुधबार, बैशाख २६, २०८१

कालोपत्रेको गर्ने सहमति संगै जारी आन्दोलन स्थगन

काठमाडौं जेठ ३,  सडक कालोपत्र हुन नसक्दा चापागाउँ–सातदोबाटो सडकखण्डमा स्थानीयवासीले धुलो, हिलो र धुवाँको समस्याका कारण ढोलाहिटी–लेले सडकखण्डमा कालोपत्रको माग गर्दै स्थानीयवासीले एक सातादेखि आव्हान गरेको सडक बन्द विहिवारको सहमतिसंगै रोकिएको छ ।  सडक विभागमा भएको बैठकमा विभागका प्रतिनिधि, गोदावरी नगरपालिका प्रमुख, ललितपुरका प्रतिनिधिसभा र प्रदेशसभाका सांसद सहितको बैठकमा काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विभिन्न तीन निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेकै कम्पनीलाई कालोपत्रको जिम्मा दिने सहमति भएको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले  जानकारी दिनुभएको छ ।

यसअघि उपत्यका सडक विस्तार आयोजनाले त्यहाँको करिब २ किमि सडक ०७२ सालमा २२ मिटर विस्तार र कालोपत्रे १ वर्षभित्र सम्पन्न गर्ने गरी कन्टेक्ट निमांण कम्पनीलाइ ठेक्का दिएको थियो । तर सडक विस्तार आयोजनाले सडक ठेक्का सम्झौता अनुरुप साइट क्लियर नगरेका कारण कम्पनीले चाहेर पनि सडक पिच गर्न नसकिएको कम्पनी सम्वद्ध अधिकारीले बताएका छन ।

त्यस्तै सम्झौता मुताविक साइट क्लियर गर्नु पर्नेमा  गतवर्ष सर्वोच्चले सडक विस्तार गर्दा पीडितलाई क्षतिपुर्ति र मुआब्जा दिन अन्तरिम आदेश दिएसंगै पछि सडक विस्तार प्रभावित बनेको उपत्यका सडक विस्तार आयोजनाको ठहर रहेको छ । आयोजनका अधिकारीभन्छन  सर्वोच्चको आदेश अनुरुप पीडितलाई मुआब्जा दिने रकम आयोजनासँग नभएको र भौतिक तथा यातायात मन्त्रालयबाट पनि निकासा नभएका कारण आजको मिति सम्म सडक कालोपत्रे हुन नसकेको बताएका छन ।

त्यस्तै पछिल्लो समय निमांण कम्पनी सम्झौता मुताविका कार्य सम्पादन नहुने हो भने ठेक्का रद्धको लागि समेत पहलकमदी शुरु गरेको
थियो ।तर ठेक्का रद्धनै समस्याको निकास होयन भन्ने ठहर सहित यसवीचमा भएको सहमति संगै आगामी कार्तिक महिनासम्मा जे जस्तो अवस्था छ त्यहि अनुरुप सडक कालोपत्रे गर्ने सहमति भएको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930