बुधबार, बैशाख १९, २०८१

बेनुगोपाल मन्दिर पुनःनिर्माणमा महानगरको रु ५० लाख सहयोग

 महानगरको समृद्धिका लागि आफुसंग त्यस्तो कुनै नविनतम योजना छ भने सम्बन्धीत वडा समितिमार्फत सहकार्यको लागि महानगर सदैव तत्पर रहेको यसको लागि वडा समिति संग सहकार्य गर्न महानगवासीलाइ आग्रह

काठमाडौ बैशाख २८ ,  काठमाडौँ महानगरपालिका प्रमुख विधासुन्दर शाक्यले विधासुन्दर शाक्यले महानगरले खुला ठाउँमा नयाँ मन्दिर बनाउन नदिने तर पहिले भएका मठमन्दिरको संरक्षण र मर्मतका लागि सहयोग गर्न पछि नपर्ने बताउँनु भएको छ । आज राजधानीको कामपा वडा न २९ स्थित मैतीदेवीस्थित बेनुगोपाल मन्दिरको पुनःनिर्माण समितिका अध्यक्ष शिवराम राजवंशीलाईका लागि रु ५० लाख सहयोग हस्तान्तरण गर्दै महानगर प्रमुख शाक्यले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै प्रमुख शाक्यले कार्यक्रममा प्रमुख शाक्यले महानगरले खुला ठाउँमा नयाँ मन्दिर बनाउन नदिने तर पहिले भएका मठमन्दिरको संरक्षण र मर्मतका लागि सहयोग गर्ने बताउनुुभयो । प्रमुख शाक्यले   महानगरको समृद्धिका लागि आफुसंग त्यस्तो कुनै नविनतम योजना छ भने सम्बन्धीत वडा समितिमार्फत सहकार्यको लागि महानगर सदैव तत्पर रहेको यसको लागि वडा समिति संग सहकार्य गर्न महानगवासीलाइ आग्रह समेत गर्नु भएको छ ।

मन्दिर पुर्न निर्माणको लागि कुल अनुमानित बजेट रु २३ करोड अनुमान गरिएको छ । यसमध्ये भक्तजनको दानदातव्यबाट दुई करोड २५ लाख , प्रदेशसभाका सदस्य दीपेन्द्र श्रेष्ठले रु ५० लाख त्यस्तैगरि मन्दिर निर्माण समितिका अध्यक्ष, शिवराम राजवंशीले रु ३ लाख, सामुदायिक प्रहरी सेवाका अध्यक्ष टङ्क श्रेष्ठले रु १ लाख प्रदान गर्ने भएको छ । कार्यक्रममा वडाध्यक्ष कुश ढकाल लगायतका वक्ताले वोल्नु भएको थियो । Photo :cm भट्टराइ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930