मङ्लबार, बैशाख ११, २०८१

 प्रेस जगतलाई निमोठ्ने सरकारको  प्रयास विरुद्ध अन्तर्राष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाई गुहार्ने चेतावनी

काठमाडौ बैशाख २८,  सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विद्येयक संविधानले प्रत्याभूत गरेको पूर्णप्रेस स्वतन्त्रतालाई संकुचन गर्न मनशायबाट अभिप्ररित भएको भन्दै नेपाली सञ्चारसम्वद्ध संघ–संगठनले आपत्ति जनाउँदै तत्काल फिर्ता लिन भनेका छन ।

राजधानीमा आज आयोजित अअन्तरसंवाद कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले वर्तमान सरकार नेपाली प्रेस जगतमाथि  यो वा त्यो नाममा प्रहार गर्न उद्यत रहेको जनाउ दिदै सरकारले सरोकारवालाहरुसँग कुनै छलफल नगरी एकतर्फी रुपमा  ल्याईएको  तत्काल प्रस्तुत विद्येयक फिर्ता नगरे महासंघको तर्फबाट अन्तर्राष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघलाईसमेत गुहार्ने चेतावनी दिएका छन् ।

त्यस्तै महासचिव विष्टले अहिले संसदमा प्रस्तुत गरिएको विद्येयक पारित भए प्रेसको स्वतन्त्रता बाँकी नरहने जिकिर गर्दै प्रस्तुत विद्येयक कानून बनेर आयो भने नेपालमा प्रेस स्वतन्त्रताकोकल्पना समेत गर्न नसकिने भएकै कारण महासंघले आन्दोलनको घोषणा गरिसकेको बताए । साथै उहाँले सरकारले लोकतन्त्रको आवरणमा प्रेस जगतलाई निमोठ्ने जुन प्रयास गरेको छ, त्यस  विरुद्ध जस्तोसुकै कदम पनि चाल्न तयार रहेको  बताउँदै विद्येयक स्विकार्य नहुने र यसको अवज्ञा गर्ने बताए ।

त्यस्तै नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देलले संसदमा दर्ता भएको प्रेस काउन्सिलसम्बन्धी विद्येयक तत्काल फिर्ता लिनुपर्ने माग गर्दै सरकारले देइ तिहाइको दम्भ सहित गरेका गलत कामको बारेमा नलेख्न र नबोल्नको लागि थ्रेटको रुपमा यस्तो विद्येयक ल्याउन लागेको बताए । संविधानको भावना विपरित ल्याईएको विद्येयक किमार्थ स्वीकार्य नरहेको भन्दै विद्येयक तत्काल फिर्ता नगरे जस्तोसुकै कदम चाद्यन नेपाली प्रेस जगत पछि नपर्ने बताए ।

त्यस्तै नेपाल प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले भने महासंघले हतारमा आन्दोलन गर्न नहुने सुझाव दिदै पछिल्लो समय नेपाली पत्रकारिताको अभ्यास ठीक नभएको बताउँदै पत्रकार महासंघले आन्दोलन घोषणा गर्नु गलत भएको टिप्पणी गरेका छन ।

त्यस्तै गरि जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले प्रेस काउन्सिल विद्येयक प्रेसमैत्री नभएको भन्दै पत्रकार महासंघले घोषणा गरेको आन्दोलनमा आफ्नो संगठनको पूर्ण ऐक्यबद्धता जनाउँदै सरकारले ल्याउन लागेको विद्येयकले प्रेसको घाँटी निमोठ्ने काम गरेको बताए ।

त्यस्तै अन्तरसंवाद कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले प्रेसलाई कुण्ठित पार्ने काम कुनैपनि हालतमा स्विकार्य नहुने बताउ��दै आफूहरु कानूनी राज्यको पक्षमा रहेको सुनाउँदै प्रेसविरोधी गतिविधि मान्य नहुने चेतावनी दिए । त्यस्तैअध्यक्ष धमलाले । प्रेस स्वतन्त्रताको लागि कसैसँगपनि सम्झौता गर्दैनौं ।’ लोकतन्त्रको मूल्य र मान्यताअनुरुप विद्येयक आउनुपर्ने अभिव्यक्ति निुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।