आइतवार, बैशाख २३, २०८१

सूर्तिजन्य बस्तुको बिक्री वितरण र प्रयोगमा रोक लगाउँनु पर्नेमा सरोकारवालाको जोड

काठमाडौं फागुन २३ , काठमाडौंका सार्वजनिक ठाउँमा सूर्ति र सूर्तिजन्य बस्तुको बिक्री वितरण तथा प्रयोगमा एकै पटक नभइ क्रमशः रोक लगाउँदै जानु पर्ने धारणा सरोकारवालाहरुले व्यक्त गरेका छन ।  बिहीबार राजधानीमा आयोजना गरिएको ‘राष्ट्रिय बहु क्षेत्रीय सूर्तिजन्य पदार्थ नियन्त्रण रणनीतिक योजना बिकासका लागि सुझाव संकलन गोष्ठीका सहभागी वक्ताहरुले धारणाा व्यक्त गरेको हो ।

त्यस्तै विश्व स्वास्थ्य संगठनको तथ्य अनुसार नसर्ने रोगका प्रमुख ५ कारणमध्ये धुम्रपान, मदिरापान, अस्वस्थ्यकर आहार, निष्क्रिय जीवन लगायत छन् । स्वस्थ्य जीवनको यो चुनौती सामना गर्न सवै एक हुनु पर्ने अभिमत सहित कानुनले सार्वजनिक स्थानमा धुम्रपान निषेध गरेको छ । तर व्यक्तिमा कानुनी व्यवस्थाको पालनामा ध्यान गएन । अब अस्पताल, बिद्यालय जस्ता क्षेत्र छुट््याएर कुनै एक स्थानमा सूर्तिजन्य बस्तुको बिक्री बितरण तथा उपयोगमा रोक लगाउनु पर्ने र त्यस क्षेत्रमा पूर्ण निषेध भएपछि अन्यत्र स्थानमा गए कार्यान्बयन प्रभावकारी हुने सरोकारवालाले सुझाव दिएका हुन् ।

यसैक्रममा कार्यक्रमलाइ सम्बोधन गर्दै महानगरकी कार्यवाहक प्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले धुम्रपानले पार्ने प्रभाव आफैमा भयावह रहेको बताउँदै महानगर क्षेत्रभित्रका व्यवसायमा सूर्ति र सूर्तिजन्य बस्तुको कारोबारलाई बस्तुगत तथ्यमा उतारेर नीतिमार्फत नियमन गरिने बताउनुभएको छ । त्यस्तै उहाँले अब वडाका जनप्रतिनिधिसँगको समन्वयमा टोल र बिद्यालय स्तरीय कार्यक्रम चलाउनुपर्नेमा जोड दिनु भएको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक डा. सुनिलराज शर्माले धुम्रपान छोड्न चाहनेलाई बिकल्प सहितको कार्यक्रम सुरु गरिएको जानकारी दिनु भएको गोष्ठीमा बिश्व बैङ्कका जनस्वास्थ्य प्रशासक डा खुर्सिद आलाम हैदरले नेपालले सूर्तिजन्य बस्तुको नियमनमा प्रगति हासील गर्दै गएको उल्लेख गर्दै संघ सरकारबाट प्राप्त उपलब्धीलाई स्थानीय सरकारमा हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।