बिहिबार, बैशाख १३, २०८१

गुटगत माहौलकावीच चैत ४ का लागि काङ्ग्रेस केन्द्रीय समितिको बैठक आव्हान

काठमाडौं फागुन २३,  प्रमुख प्रतिपक्षीदल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गते बस्ने भएको छ । बैठकमा पार्टीको विधानानुसार नियमावली निर्माण, पार्टीको निर्वाचन समिति गठनसगै मुलुकका पछिल्लो समसामयिक विषयवस्तु केन्द्रीत छलफल हुने बताईएकोछ ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैवीच पछिल्लो समय काँग्रेस संस्थापन र संस्थापन इतरका नेताहरुवीच गुटगत माहौलले प्रशय पाउँदै आएको काँग्रेस वृतमा आसन्न केन्द्रीय समिति बैठकको आव्हान हुनु आफैमा अर्थपूर्ण रहेको बैठकले लिने नितिगत निर्णयले पार्टीको दिशानिर्देश गर्ने बताईएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।