शुक्रबार, बैशाख ७, २०८१

मन्त्रालयसंगको ३ बुँदे सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता

काठमाडौ फागुन २३ सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले आफेनाृ जारी आन्दोलनका सवै कार्यक्रम फिर्ता लिएका छन ।  सरकारसँग आफ्ना मागको सम्बन्धमा ३ बुँदे सहमतिपछि आन्दोलित राहत शिक्षकले आन्दोलन फिर्ता गरेको हो ।

जारी आन्दोलन र मागका सवालमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापासहितको  प्रतिनधीमण्डलवीच भएको वार्तामा बुधबार ३ बुँदे सहमति धएको राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी र महासचिव कर्णबहादुर मगरले आज जारी गर्नुभएको विज्ञप्तिमा आन्दोलन फिर्ता गरिएको जनाइएको छ ।

त्यस्तै सहमतिमा राहत अनुदान कोटामा नियुक्त र इसिडीका सहयोगी कार्यकर्तालाई निश्चित मादपण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी तोकेबमोजिम आन्तरिक/खुल्ला प्रतियोगितात्मक परीक्षामा एक पटकका लागि उमेरको हद नलाग्ने गरी स्थायीको प्रक्रियामा लैजान आवश्यक प्रबन्ध गर्नुके अलावा आन्दोलनका क्रममा घाइते शिक्षकको शीघ्र उपचारका लागि आवश्यक प्रबन्ध गर्ने लगायतका बुँदा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728