बुधबार, बैशाख १९, २०८१

नेता पौडेलले भने- देशले संघीयता धान्नै सक्दैन, हेर्दै जानुस ढिलो चाँडो खारेज हुन्छ

देबेन्द्र केसी / नयाँ दिल्ली

नेपाली काँग्रेसका युवा नेता तथा पूर्व प्रधानमन्त्री स्व: गिरिजा प्रसाद कोईरालाका तत्कालीन स्वकीय सचिव गोकर्ण पौड्यालले देशमा संघीयता किमार्थ टिक्नै नसक्ने बताउनु भएको छ । राजनितिक भ्रमणको क्रममा नयाँ दिल्ली पुग्नुभएका नेता पौडेलले तत्कालीन  माओबादीलाई लुटेरा पार्टीको संज्ञा दिदै उहाँले भने देशले संघीयता धान्नै सक्दैन हेर्दै जानुस ढिलो चाँडो खारेज हुन्छ ।

त्यस्तै संघीय मुलुकको अवधारणा बनाउँने क्रममा काँग्रेस नराम्ररी चुकेको जिकिर गर्दै त्यस समयमा संघस्यता बोझ हो र यो देशको संविधान बन्दा सम्म म जिवितै रहेँ भने म संघीयताको नाममा देश टुक्राउन दिन्न र चित्र बहादुरजी हजुरहरु पनि संघीयताको बिरुद्धमा लाग्नुस भनेर गिरिजाबाबु आफ्नै अगाडि चित्र बहादुरजीलाई मेरै आँखा अगाडी भन्नुभएको बताउँदै गिरिजा बाबुको देहवसान संगै कम्न्युष्टहरुले आफ्नो अभिष्ट पूरा गर्न देशमा संघियता थोप्न लगाएको बताउँनु भएको छ ।

त्यस्तै अहिल�� देशमा प्रधानमन्त्री भएको तर सरकार नभएको भन्दै मौजुदा सरकारलाई भष्ट्र, दलाल र बलात्कारीका संरक्षक भएको भन्दै यदि मुलुकममा सरकार भएको भए निर्मला पन्तको हत्यारा सार्वजनिक भइसक्थ्यो । त्यस्तै टोलमा हुनुपर्ने सरकार पोलमा पुगेका कारण आज नेपालेले सरकार भएको प्रत्याभुति गर्न नपाएको बताए ।

त्यस्तै एक फरक प्रसंगमा उहाँले चित्र बहादुर कमरेड सोझो र सत्य राजनिति गर्ने नेता हुनुन्छ र म ब्यक्तिगत रुपमा सम्मान पनि गर्छु उहाँ लाई पेलेर लाने सपना माओबादीको पुरानो हो तर अहिलेको दुई तिहाईको सरकारले पनि भरपुर प्रयत्न गरिरहेको छ तर पहाड र तराई छुटाउने खेल कदापी पुरा हुँदैन नेता पौडेलले जिकिर गर्नु भएको छ ।

त्यस्तैगरि संघीयता जस्तै काँग्रेसका सभापति शेर बहादुर देउवा पनि पूर्णत असफल भएको बताउदै पार्टी युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए । दुई दिने भारत भ्रमणमा रहनुभएका पौडेल राजनितिक भेट सकेर आज साँझ काठमाडौं फर्किनुभएको छ तर भारतमा को को नेता संग भेट भन्ने सवालमा भने उहाँ खुल्न चाहनु भएनन । (- वार्तामा आधारित)

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु