मङ्लबार, बैशाख २५, २०८१

चिकित्सा शिक्षा विधेयक पास नभए १६औअनशन थाल्ने डा केसीको चेतावनी

काठमाडौ असोज ११ं,   चिकित्सा शास्त्र अध्ययन सस्थान आइओएमका डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक पास नभए सोह्रौँ अनशन थाल्ने चेतावनी दिएका छन् । संसदको यही अधिवेशनबाट चिकित्सा शिक्षा ऐन निर्माण गर्ने र सबै सम्झौता कार्यन्वयन नभए सोह्रौँ अनशन थाल्ने चेतावनी दिएका हुन ।

बुधबार साँझ विज्ञप्ति जारी गर्दै केसीले नागरिकका हैसियतमा सुशासनका लागि कुशासन गर्नेहरुलार्इ जवाफदेही बनाउने लगायतका माग राखी अनसन सुरु गर्न बताएका छन् । स्वास्थ्य तथा शिक्षा सम्बन्धी संसदीय समितिमा विचाराधीन चिकित्सा शिक्षा विधेयक संसदको अधिवेशनबाट पारित नहुने भन्ने समितिका अध्यक्षको सार्वजनिक अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

संसदबाट समितिमा र समितिबाट पुन: उपसमितिमा पठाएर यतिका दिनसम्म ऐनबारे गम्भीर छलफल नहुनुले आशंका उब्जाएको विज्ञप्तिमा भनिएको छ । समाजवाद उन्मुख संविधान, साम्यवादी र समाजवादी पार्टी र सरकारको नेतृत्व बहुमत प्राप्त साम्यवादी पार्टीले गरिरहेको अवस्थामा पनि गाँस, बाँस, कपास, शिक्षा र स्वास्थ्यमा व्यापारीकरण हुनु अत्यन्त खेदपूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2018
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31