मङ्लबार, बैशाख २५, २०८१

खोर्सानीबारीको पक्की पुल बाढीले बगाएसंगै भोटेकोशी गाउँपालिकामा आवतजावत ठप्प

  सिन्धुपाल्चोक भाद्र ३,  अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसे नजिकै खोर्सानीबारीमा रहेको पक्की पुल पूर्ण रुपमा बाढीले बगाएको छ ।  शनिबार आएको बाढीले बजार जलमग्न बनेको हो ।  शुक्रबार केही क्षतिग्रस्त बनेको पुल  शनिबारको बाढीले  पूर्णरुपले बगाएको छ ।

राती एकाएक बाढी बाह्रबिसे बजारमा पसेपछि बजारवासीको भागदौड मच्चिएको थियो । पुल बगाएसँगै बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा आवतजावत ठप्प भएको छ । पुलको वैकल्पिक व्यवस्थाका लागि प्रयास भइरहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु