बुधबार, बैशाख १९, २०८१

कार्यवाहक सभापति निधि भारत प्रस्थान

 काठमाडौ भाद्र १,  भारतीय जनता पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको अन्त्येष्टिमा भाग लिन नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।

नेपाल र नेपाली जनताको मित्र तथा शुभेच्छा राख्ने बाजपेयीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्न काङ्ग्रेस सभापति शेरबहादुर देउवाले निधिलाई भारत पठाउनुभएको हो । बाजपेयीको बिहीबार ९३ वर्षको उमेरमा निधन भएको थियो ।  कार्यवाहक सभापति निधि शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको काँग्रेस मुख्यालयद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु