शुक्रबार, चैत्र १६, २०८०

आजबाट मुलुकको पूरानो ५ वटा मुलुकी ऐन विस्थापित हुँदै पाँचवटा नयाँ कानुन लागू हुँदै

 विस्तृत सूची सहित: 

काठमाडौं भाद्र १,  तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले मुलुकमा थिति बसाल्न धर्म, प्रथा र परम्पराका आधारमा मुलुकी ऐन कार्यान्वयनमा ल्याएको ऐन अर्थात मुलुकको पूरानो ५ वटा मुलुकी ऐनलाइ विस्थापित गर्दै पाँचवटा नयाँ कानुन एकसाथ लागू हुँदै छन्। मुलुकी अपराध संहिता २०७४, मुलुकी देवानी संहिता २०७४, मुलुकी फौजदारी कार्यविविधि संहिता २०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन  संहिता) २०७४ र मुलुकी देवानी कार्यविधि संहिता २०७४ आजबाट देखि लागु हुने भएको हो ।

 लागु हुन लागेको काननुनमा यातना दिई निर्मम हत्या, विमान अपहरणपछि विस्फोट गरी हत्या, अपहरण वा शरीर बन्धक लिई ज्यान मारेको, पेय वा खाद्य पदार्थमा विष हालेर ज्यान मारेको, जाति हत्या र बलात्कारपछि हत्या जस्ता अपराधमा बाँचुन्जेल जेल बस्नुपर्ने व्यवस्था गरेको छ। व्यक्ति बेपत्ता पार्ने कार्यलाई नयाँ अपराधमा वर्गीकरण गरिएको छ। अन्य देशमा गरेका अपराधमा पनि नेपाली नागरिकलाई सजाय हुनेछ। अब जानाजान विश्वासघात गर्नेलाई समेत सजाय हुने भएको छ।

त्यस्तै सवारी ज्यानमा चालकलाई हदैसम्मको सजाय तोकिएको छ। त्यस्ता चालकलाई धरौटीमा मुद्दा लड्न नपाउने व्यवस्था छ। त्यस्तै गरि  देवानी संहिताले छोराछोरी दुवैलाई तीन पुस्तासम्म अपुताली हकदाबी गर्न पाउने हक दिएको छ। संहिताअनुसार यस्तो हक पुग्ने कोही नभए त्यस्तो सम्पत्ति राज्यको हुनेछ। सम्बन्धविच्छेदका लागि महिलासरह पुरुष पनि अदालतमा जान पाउनेछन्। आमाको नाममा पनि थर राख्न पाइनेछ। पती वा पत्नीले एकअर्कालाई बेवास्ता गरी तीन वर्षसम्म टाढिएमा स्वतः सम्बन्धविच्छेद हुने प्रावधानसमेत संहितामा छ।

  यसैवीच कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले एक सूचना जारी  गर्दै विद्यमान मुलुकी ऐनलाई विस्थापन गर्ने गरी जारी भएका मुलुकी देवानी संहिता, मुलुकी अपराध संहिता लगायतका देहायका संहिताहरु आगामी भदौ १ गते देखि लागू हुँदै छन् । नेपालको कानून प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्ने यी संहिताले गरेका व्यवस्थाहरुको बारेमा जानकारी राखी कार्यान्वयनमा आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याउनु हुन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

मुलुकी देवानी (संहिता) ऐन, २०७४
मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४
मुलुकी अपराध (संहिता) ऐन, २०७४
मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४
फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४

Published on: Aug 17, 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।