आइतवार, बैशाख २३, २०८१

विप्लव नेतृत्वको नेकपाद्दारा साउन २९ गते नेपाल बन्दको घोषणा

 काठमाडौं साउन २८,  विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य एंवम प्रवक्ता खड्गबहादुर विश्वकर्मा ’प्रकाण्ड’लाई ४८ घन्टाभित्र अदालतमा हाजिर गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।  सर्वोच्चमा प्रकाण्डलाई रिहाइको माग गर्दै प्रकाण्डका छोरा नरेन्द्रबहादुर सिंह विश्वकर्माले रिट निवेदन दिएको उपर सर्वोच्चका कामु न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले प्रकाण्डलाई किन थुनामा राखिएको हो ? बन्दीसहित लिखित जवाफ दिन सरकारका नाममा आदेश दिएको हो ।

प्रहरीले व्यापारीहरुसँग अवैध रुपमा चन्दा उठाएको आरोपमा प्रकाण्डसहित हरिचन्द्र आचार्य,मनबहादुर श्रेष्ठ लगायतका नेताहरुलाई पक्राउ गरेको थियो । यता सरकारले राजनीति गरेवापत र फरक विचार राखेवापत आफ्ना नेता–कार्यकर्तालाई गिरफ्तार गरी झुट्टा मुद्दा लगाएर हिरासतमा राखेको भन्दै पार्टी महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् । जसअनुसार साउन २५ गते देशव्यापी कोणसभा, २६ गते विरोधसभा, २७ गते भण्डाफोर कार्यक्रम सम्पन्न भइसकेको छ । साउन २८ गते मशालजुलुस र साउन २९ गते नेपाल बन्द घोषणा गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।