बिहिबार, बैशाख २०, २०८१

बालकोटमा प्रधानमन्त्री ओलीलाई बधाई दिनेको ओइरो

 भारतीय र चिनियाँ प्रधानमन्त्रीद्वारा बधाई

 काठमाडौ फागुन ४ , नेकपा एमालेका अध्यक्ष केपी ओली मुलुकको दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङले प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएकोमा प्रम ओलीलाइ बधाई ज्ञापन गर्नुभएको छ ।   चिनियाँ प्रधानमन्त्री लीले बधाई सन्देश पठाउँदै प्रधानमन्त्री ओलीको कार्यकालमा चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउनका साथै पारस्परिक सम्बन्धको लागि एक क्षेत्र एक मार्ग अन्तर्गत विविध क्षेत्रमा पारस्परिक लाभका क्षेत्रमा सहयोग गरिने प्रतिवद्धता सहित प्रधानमन्त्री ओलीलाई शुभकामना दिनु भएको हो ।

 त्यस्तै गरि नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई तथा शुभकामना दिनुभएको छ । प्रम मोदीले बिहीबार राति १०ः३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत दिनुभएको उहाँका सहयोगीले जानकारी दिनु भएको छ ।    बधाइ ग्रहण गर्दै प्रम ओलीले समकक्षी मोदीलाई प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेने बताउँदै आफु भारतसँगको मित्रता अझै सुदृढ बनाएर लैजान आफू तयार रहेको बताउँनु भएको बुझिएको छ ।

त्यस्तै विहिवार नै नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी बालकोटस्थित प्रधानमन्त्री ओली निवास पुगेर बधाई तथा शुभकामना दिनुभएको छ ।  त्यस्तै विहिवार राती अवेर सम्म र आज बिहानैदेखि ओली निवास बालकोटमा प्रधानमन्त्री ओलीलाई बधाई दिनेको ओइरो लागेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।