बिहिबार, बैशाख १३, २०८१

३ नं प्रदेशको राजधानी सार्नुपर्नेमा सासदहरुको जोड

भक्तपुर फागुन ४, प्रदेश नं ३ को स्थायी राजधानी हेटौडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधी तथा प्रदेश सासदहरुले जोड दिएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी सासदहरुले यस्तो जोड दिएका हुन ।   यसअघिको काम चलाउ सरकारले जनताको भावना चाहना र भूगोलको अबस्थालाई मल्याङकन नगरीकनै हेटौडालाई हचुवाको भरमा अस्थायी राजधानी तोकेको उनीहरुले बताएका छन् ।

प्रदेश नं ३ को भूगोललाई समेत निहाल्दा हेटौडा राजधानीका लागी उपयुक्त नभएको प्रतिनिधिसभा काभ्रेका सासद गोकुल बास्कोटाले बताउँदै   उहाँले सबैको पायकका लागी प्रदेश ३ को राजधानी काभ्रे नै उपयुक्त भएको दाबी गर्नु भएको छ ।  हेटौडा कुनैपनि हालतमा राजधानी हुन नसक्ने भन्दै प्रतिनिधिसभा दोलखाका सासद पाश्र्व गुरुङले पुर्व सिन्धुलीदेखि पश्चिम चितवनलाई मध्यनजर गरेर प्रदेशको राजधानी तोकिनुपर्ने भनाई राख्नुभएको थियो । हेटौडामा अहिले स्थायी राजधानीका लागी खोलिएको बम्पर उपहार योजना लगत भएको भन्दै यस्तो कार्यले राजनीतिक भ्रष्टाचारलाई बढवा दिने उहाँको भनाई छ।

कामचलाउ सरकारको प्राविधिक टोलीले समेत भक्तपुर र बनेपा मध्ये एक स्थानलाई प्रदेशको स्थायी राजधानी राख्न सकिने उपयुक्त स्थानका रुपमा प्रस्तुत गरेता पनि सकारका केही मन्त्रीहरुको चलखेलले हेटौँडा लगिएको उहाँले बताउनु भयो । उहाँले प्रदशेसभामा यो बिषयले ऐजेन्डाका रुपमा उठान पाउन साथ ३ नं प्रदशको राजधानी भक्तपुर अथवा काभ्रे हुने समेत बताउनु भयो । उहाँले भक्तपुरको सानो थिमि सबैको पाएक पर्ने स्थान भएको उल्लेख गर्दै यदी प्राबिधिक टोलीले काभ्रे चयन गरेमा त्यसको बिरोध समेत नगर्ने बताउनु भयो ।   कार्यक्रममा दुइ जिल्ला बाहेक सबैकालागि अपाएक स्थानका रुपमा ३ नं प्रदेशको अस्थायी राजधानी रहेता पनि अव प्रदेश नं ३ सांसदहरुले भक्तपुर अथवा काभ्रेमै राजनधानी सार्ने बताएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।