काठमाडौं पुस २८ , सरकारले स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई लक्षित गरी शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । समायोजनमा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्थाअनुसार सरकारले सूचना प्रकाशित गर्ने तयारी गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले शुक्रबार मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकाशमा जाने कर्मचारीको प्याकेज घोषणा गर्ने बताए । ‘कर्मचारीको स्वेच्छिक अवकाशसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसकेको छ,’ उनले भने, ‘शुक्रबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेलगत्तै हामी त्यही दिन राजपत्रमा सूचना जारी गर्ने तयारीमा छौँ ।’ सरकारले निजामती सेवामा २० वर्ष सेवा अवधि पूरा गरेका र ५० वर्ष उमेर पूरा गरेका कर्मचारीलाई त्यस्तो सुविधा दिन लागेको हो ।
अर्थको सहमतिले अन्योल: समायोजन ऐनले अवकाशमा जाने कर्मचारीलाई सात वर्षको पेन्सन सुविधा एकमुष्ट दिने व्यवस्था गरे पनि अर्थ मन्त्रालयले अनिवार्य अवकाश पाउन जति वर्ष बाँकी छ, त्यति वर्षको पेन्सन सुविधा एकमुष्ट दिने गरी सहमति दिएको छ । अर्थ मन्त्रालयको सहमतिअनुसार निर्णय भए ५५ वर्ष पुगेर पुगेका कर्मचारीले तीन वर्षको मात्र पेन्सन सुविधा पाउनेछन् । यस्तै, अर्थ मन्त्रालयले त्यस्तो पेन्सन सुविधामध्ये चालू आर्थिक वर्ष एक तिहाइ र बाँकी रहेको दुई तिहाइ आगामी आर्थिक वर्षको पहिलो चौमासिकभित्र दिने सहमति दिएको छ ।
आधिकारिक ट्रेड युनियनको आपत्ति: समायोजन ऐनमा भएको व्यवस्थाविपरीत अर्थ मन्त्रालयले अनिवार्य अवकाशका लागि जति वर्ष बाँकी छ, त्यति नै वर्ष बराबरको पेन्सन सुविधा एकमुष्ट दिने गरी सहमति दिएकोमा आपत्ति जनाएको छ । अर्थ मन्त्रालयले कर्मचारी समायोजन नियमावलीमा अवकाशमा जाने हरेक कर्मचारीलाई सात वर्षको एकमुष्ट पेन्सन बराबरको सुविधा दिन नसक्ने जनाएको छ । अर्थको सो निर्णयप्रति आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले आपत्ति जनाएका हुन् । उनले अर्थ मन्त्रालयको निर्णयअनुसार समायोजन नियमावली आए कोही पनि कर्मचारी स्वेच्छिक अवकाशमा नजाने बताए ।
स्वेच्छिक अवकाशमा जानेले के पाउँछन् सुविधा ? निजामती सेवा ऐनको दफा १३ मा ‘‘समायोजन हुन नचाहने पचास वर्ष उमेर पूरा भएका र निवृत्तिभरण पाउने अवस्था भएका कुनै पनि कर्मचारीले नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लिखित सर्तबमोजिम स्वेच्छिक अवकाश लिन सक्नेछन्’ भन्ने व्यवस्था छ । सो ऐनले त्यसरी अवकाशमा जाने कर्मचारीलाई सात वर्षको पेन्सन सुविधा एकमुष्ट रूपमा उपलब्ध गराउने व्यवस्था गरेको छ ।
जस्तै, मासिक २५ हजार तलब सुविधा खाने कर्मचारीको उमेर ५० वर्ष पूरा भएको छ र उसले अवकाशमा जान चाहेमा उसले एकमुष्ट आठ लाख ४० हजार रुपैयाँ पाउनेछ । यस्तो हिसाब निकाल्दा हरेक कर्मचारीको आखिरी तलबलाई २० ले गुणा गरिन्छ र आएको गुणनफललाई ५० ले भाग गरिन्छ । यहाँ अंक २० सेवा अवधि हो भने अंक ५० उमेरहद हो । त्यसक्रममा आउने अंकलाई सात वर्षको ८४ महिनाले गुणन गर्दा जति अंक आउँछ, त्यो अंकबराबरको रकम ती कर्मचारीले पाउने हो । नयाँपत्रिकाबाट
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अवरुद्ध,अर्को बैठक जेठ ३ गते
- यस्तो छ सरकारको नीति तथा कार्यक्रमको [पूर्ण पाठसहित]
- सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदै [प्रत्यक्ष प्रसारण सहित ]
- मन्त्रिपरिषद् बैठक : सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित
- कांग्रेस संसदीय दलको बैठक: नीति तथा कार्यक्रमपछि कांग्रेसले संसद् बैठक सञ्चालमा अवरोध गर्ने
- कांग्रेसलाई संसद् अवरोध नगर्न प्रधानमन्त्री प्रचण्डको आग्रह
- प्रधानमन्त्री प्रचण्डसंग महत्वपूर्ण संवाद: काँग्रेस महामन्त्री थापा र प्रमुख सचेतक लेखक बालुवाटारमा
- काँग्रेस संसदीय दलको बैठक बस्दै
- सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
- मंगलवार बस्ने संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान