शुक्रबार, चैत्र १६, २०८०

आज सरकारमा सहभागी माओवादी केन्द्रका विनाविभागीय मन्त्रीहरुले राजीनामा बुझाउँदै

काठमाडौ पुस २७, प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा माओवादी केन्द्रबाट सहभागी मन्त्रीले आज प्रधानमन्त्री देउवालाई राजीनामा बुझाउने तयारी गरेको थाहा भएको छ ।

माओवादी केन्द्र निकट स्रोतका अनुसार एमालेसंग चुनावी तालमेल र पार्टी एकताको निर्णयगरेसंगै टुटेको काँग्रेस माओवादी सत्ता गठबन्धन पछि विनाविभागीय मन्त्रीका रुपमा सरकारमा सहभागी हुँदै सो पार्टीका मन्त्रीहरु क्रमस कृष्णबहादुर महरा, जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, प्रभु साह, शाही, शिवकुमार मण्डल, आशा खनाल र सन्तकुमार थारुले आज राजीनामा दिन लाग्नु  भएको  जनाएको छ ।  त्यसो त माओवादी केन्द्रले सम्पन्न प्रतिनसिभा निर्वाचनको क्रममा एमालेसंग गठबन्धन गरेसंगै प्रम देउवाले उहाँहरुलाइ पदमुक्त गर्दै विनाविभागीय बनाउँनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।