बिहिबार, बैशाख २०, २०८१

ग्रेगोरियन पात्रोअनुसार आजबाट इस्वी संवत् अर्थात वर्ष २०१८ सुरु

काठमाडौं पौष १७ , आज ग्रेगोरियन पात्रोअनुसार प्रत्येक वर्ष जनवरी पहिलो तारिख अर्थात इस्वी संवत् अर्थात वर्ष २०१८ सुरु भएको छ । विश्वका अधिकांश मुलुकमा सो संवत् प्रचलनमा छ । इसाइ धर्मका प्रवत्र्तक जिजस क्राइस्टको सम्झनामा उनको मृत्युपछि उनका अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।

सो संवत् प्रचलनमा रहेका देशका नयाँ वर्षका अवसरमा रमाइलो तथा खुसीयाली मनाउनका लागि विभिन्न कार्यक्रम गरिन्छ । नेपालमा पनि क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै साथी तथा आफन्त जम्मा भई खुसीयालीका साथ शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउँने गरेका छन् ।   यसैवीच बुधवार साँझ पर्यटकीय क्षेत्र ठमेलमा ठमेल पर्यटन विकास परिसदले नयाँ वर्षका अवसरमा ख्याती प्राप्त कलाकारबाट सांस्कृतिक कार्यक्रम गरेको छ भने प्रस्तुति हेर्नका लागि विदेशी तथा स्वदेशी युवायुवतीको ठुलो सङ्ख्यामा भीड लागेको थियो ।